काठमाडौँ – श्रीलङ्काको पशु उत्पादन तथा स्वास्थ्य विभाग ‘डीएपीएच’ का अधिकारीले बर्डफ्लुको सङ्क्रमण देखिएका देशबाट जनावर तथा पशुजन्य उत्पादनको आयात रोक्न कदम चालेको बताएका छन् ।
विभागका महानिर्देशक हेमाली कोथलावालाले संयुक्त राज्य अमेरिकाबाट आएका गाईवस्तु पहिलो पटक एभियन इन्फ्लुएन्जा भाइरसबाट प्रभावित भएको पत्रकारलाई बताउँदै यसलाई रोक्न छिट्टै पहल गरिने उनले बताए ।
श्रीलङ्काका अधिकारीहरू विदेशको घटनाक्रमबारे जानकार रहेको यहाँको कृषि उद्योग र उपभोक्ताको सुरक्षाका लागि कदम चालेकाले आइतबारदेखि प्रभावित मुलुकबाट आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको उनले बताए ।
श्रीलङ्काले विगतका वर्षमा मानिसमा एच ९ एच ७ र एच ५ बर्ड फ्लुका बिरामी पत्ता लगाउने क्षमता विकास गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया