मानसिक समस्या भन्नासाथ युवा वर्गलाई मात्र हुन्छ भन्ने हाम्रो आम बुझाई छ । तर वास्तवमा यस्तो हुँदैन । यो समस्या हरेक उमेर समूहका व्यक्तिहरूलाई हुनसक्छ ।
बालबालिकाहरूमा पनि मानसिक समस्या हुनसक्छ । बालबालिकालाई मनोसामाजिक समस्या हुन्छ भन्दा तपाईँलाई विश्वास नलाग्न सक्छ । बच्चाहरूलाई के–को तनाव हुन्छ र भन्ने लाग्न सक्छ ।
ऋण, धन, कारोबार, व्यापार, रोजगार, परिवार आदि गर्ने व्यक्तिलाई मात्र चिन्ता हुन्छ भन्ने अधिकांश अभिभावकको बुझाइ छ । तर यो जेनेरेसनका बालबालिकाहरू आज कलिलो उमेरमै मानसिक स्वास्थ्य समस्याको चपेटामा पर्ने गरेका छन् ।
जोय नेपालसँगको कुराकानीमा मनोविद डा.विनोद पौडेल भन्छन् बालबालिकाहरूमा पनि मानसिक समस्या र मनोसामाजिक समस्या हुन्छ ।
पहिला–पहिला अलि उमेर भएका वयस्क व्यक्तिहरूमा मात्रै मानसिक समस्या हुन्छ भन्ने थियो । तर पछिल्ला अध्ययनहरुले बालबालिकाहरूमा पनि यस्तो समस्या हुने देखाएको छ ।
नेपालमै गरेको सर्वेअनुसार १७–१८ वर्ष मुनिका बालबालिकामा समेत यस्तो मानसिक र मनोसामाजिक समस्या हुनसक्ने देखाएको छ । साना उमेरका बच्चाहरू पनि बढी चिन्तित हुने, उदास भएर बस्ने समस्या रहेको अध्ययन बताउँछ । र उदासीनताकै कारण बच्चाहरूले आफूलाई हानि पुग्ने काम गर्ने गर्छन् ।
कारणहरू
यस्तो हुनुमा मुख्य तिन कारण हुन्छ । जुनसुकै मानसिक समस्याको पनि कारण केलाएर हेर्नुपर्छ ।
१.मनोवैज्ञानिक
बच्चाहरूले एकदमै सानो उमेरमा भोगेका हिसांहरु, उनीहरूमाथि भएको दमन शोषण, ठुला दुर्घटनाका कुराहरू जब उनीहरू बुझ्ने हुन्छन् तब ती पहिलेका बाल मस्तिष्कमा असर गरेका कुराहरू स्मरण हुन्छ मनमा खेलिरहन्छ । यो नै मनोवैज्ञानिक समस्या हो । कलिलो उमेरमा उनीहरूमा घटेका घटनाहरू अरूलाई भन्न सक्ने,मनका कुराहरू साट्न सक्ने हुँदैनन् । र मनमा लागेका कुराहरू परिवारका अन्य सदस्यहरूलाई भन्नुपर्छ भन्ने पनि हुँदैन यसकारण पछि बच्चाहरूमा मनोवैज्ञानिक समस्या हुनसक्छ । तथा परिवारमा झैँ–झगडा भइरहन्छ भने त्यो विवादित वातावरणले पनि बाल मस्तिष्कमा धेरै असर परिरहन्छ ।
२.शारीरिक कारण
यो समस्या भनेको यदि बच्चाको वृद्धि विकास अन्य बच्चा सरहले भएन उदाहरणको लागी निकै दुब्लो पात्लो भयो, हाइट बढेन अथवा धेरै कालो भयो भने भने उनीहरू एक–अर्कामा तुलना गर्न थाल्छन् । यस्तै तुलनात्मक व्यवहारले पनि बालबालिकामा चिन्ताको भावना मानसिक प्रेसर उत्पन्न गराउँछ ।
३.वंशाणुगत कारण
यदि बाबु–आमामा र परिवारका अन्य सदस्यहरूमा यस्तो मानसिक समस्या छ भने बच्चाहरूमा पनि स्वतः उक्त समस्या देखा पर्ने सम्भावना बढी हुन्छ ।
४.सामाजिक समस्या
बच्चाहरूलाई आफ्ना साथीहरूले बुलिङ गरे, होच्याएर केही भने, अथवा शिक्षकहरूले गाली गरे, घरपरिवार र छिमेकका व्यक्तिहरूले केही भनेमा पनि उनीहरूले मनमा लिन सक्छन् र मानसिक समस्या हुनसक्छ ।
साथै पछिल्लो समय त २–३ कक्षामा पढ्ने कलिला विद्यार्थीहरूकै पनि एक झोला किताब हुन्छ यसकारण उक्त किताबको बोझ, धेरै गृहकार्य गर्नुपर्ने बोझ लगायतका कुराहरूले पनि मानसिक स्वास्थ्यमा असर पार्छ । र पछिल्लो समय बालबालिकाहहरु एक्लिँदै गइरहेका छन् । आमाबुवाको पर्याप्त साथ पाइरहेका छैनन् ।
धेरै समय मोबाइल टिभी जस्ता ग्याजेट्सहरु बिताइरहेका छन् । बालबालिकाको उमेर भनेको बाहिरी वातावरणमा खेल्नु पर्ने,दौडिनुपर्ने सबैसँग घुलमिल हुनुपर्ने उमेर हो तर धेरै समय मोबाइलमा बिताइरहेका छन् ।
यसकारण यस्तो समस्या निम्तिरहेको छ । जब बालबालिकालाई तनाव हुन्छ तब निन्द्रामा समस्या हुन्छ । किशोरावस्थासम्म बालबालिकाको ब्रेनको डेभलपमेन्ट भइरहेको हुन्छ । ब्रेनको डेभलपममेन्ट भन्ने बित्तिकै राम्रोसँग सुत्न पाएन भने दिमागको संज्ञानात्मक विकास हुन पाउँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया