मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जागिरको लागि अन्तरर्वार्तामा जाँदै हुनुहुन्छ ? यस्ता कुरा गरेमा जागिर पक्का

काठमाडौँ– जागिरको अन्तर्वार्तामा अगाडिको व्यक्ति एकोहोरो बोलेर तपाईले सुन्ने मात्रै होइन । अन्तर्वार्तामा तपाईलाई पनि आफ्नो कुरा राख्न पूर्ण रुपमा हक हुन्छ । अन्तर्वार्तापछि शान्तिपूर्ण रुपमा कुराकानी गर्दा सकारात्मक धारणाको विकास हुन सक्छ ।

एकोहोरो अरुको कुरा मात्रै सुन्दा पारिश्रमिकसँगै अन्य कुरामा पनि सम्झौता गर्नुपर्ने हुन्छ । अन्तरर्वार्ताको कुराकानीमा कैयन पटक असहमति जनाउन मुस्किल हुन सक्छ । तर यही नै तपाईको खुबी हो । त्यसैले कुनै रिसिबी तथा तनाव विना नै तपाईले कुरालाई असहमति जनाउन सक्नु हुन्छ ।

अनुसन्धान गर्दै जानुहोस्

आफू जान लागेको संस्थाको विषयमा धेरथोर अनुसन्धान गरेर जानुहोस् । जस्तै कम्पनीमा तपाईलाई आफ्नो विचार राख्ने स्वतन्त्रता छ वा छैन ? समस्यामा कम्पनीको व्यवस्थापन तथा प्रबन्धकले कस्तो भूमिका निभाउँछ ? तपाईको चिनजानको कोही व्यक्ति सो कम्पनीमा काम गर्ने छ भने उसैसँग पनि यी विषयमा जानकारी लिन सक्नुहुनेछ ।

हतारमा जवाफ नदिने
अन्तरर्वार्ताको क्रममा यदि तपाईलाई कुनै कुरालाई बुझ्नु हुन्न भने नबुझिकन जवाफ दिने गल्ती नगर्नुहोला । त्यसलाई बरु फेरी सोध्नुहोस् । यसले तपाई इमेज विग्रन सक्छ । यस्तो कहिल्यै पनि गर्न हुदैन ।

आफ्नो विचार पनि राख्ने
कुनै समय तपाई अगाडिको व्यक्तिसँग सहमत नहुने अवस्था पनि आउन सक्छ । यस्तो अवस्थाले रिसमा काम नगर्नुहोला । बरु धैर्यका साथ आफ्नो कुरा राख्न सक्नुहुन्छ । स्पष्ट रुपमा कुरा गरिसके पछि मात्रै रिसाउनुको कारण बताउन सक्नुहुन्छ ।

कुराकानी पछिको संकेत बुझ्ने
अन्तरर्वार्ताको क्रममा अगाडिको व्यक्तिको मुडबारे थाहा पाउने कोसिस गर्नुपर्छ । यदि तपाईलाई कुराकानीको क्रममा भड्काउन सक्ने लागेमा तपाईको मेहनत खेर जान सक्छ । यस्तो अवस्थामा तपाई चुप बस्नु नै राम्रँे हुन्छ । केही समय चुप लागेर पनि अवस्थालाई सम्हाल्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?