काठमाडौँ – सुदूरपश्चिम प्रदेशको धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न भएको छ ।
चलचित्र विकास बोर्डको आयोजनामा शुक्रबारदेखि भएको महोत्सव आइतबार सकिएको थियो ।
विभूता सिटौला निर्देशित बाल चलचित्र शिलाबाला प्रदर्शनसंगै शुरु भएको महोत्सवको उद्घाटन समारोहमा स्थानीय लोक संस्कृति, झाँकी, नृत्य तथा बालबालिकाहरुको प्रतिभा प्रस्तुति राखिएको थियो ।
३ दिनसम्म चलेको महोत्सवमा १ दर्जन बढी बाल चलचित्रहरु प्रदर्शन गरिएको थियो । चलचित्र विकास बोर्डले प्रशिक्षित गरेका बालबालिकाहरुद्वारा निर्माण गरिएका चलचित्रहरु पनि महोत्सव प्रदर्शन गरिएको थियो ।
बोर्डले गत वर्ष दाङमा प्रहिलो बाल चलचित्र महोत्सव आयोजना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया