मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गाई र भैँसीमध्ये के को दूध पोसिलो ?

गाई या भैंसीको दूधका आ–आफ्नै फाइदा छन् । यो आलेखमा गाई र भैंसीको दूधमा हुने फरकपना र फाइदाको विषयमा चर्चा गरिएको छ ।

फ्याट

मानिसको स्वास्थ्यका लागि फ्याटको जति महत्त्व हुन्छ, यसको बढी प्रयोगले त्यत्तिकै हानी पनि पुर्‍याउँछ । भैँसीको दूधको तुलनामा गाईको दूधमा फ्याटको मात्रा कम हुन्छ ।

गाईको दूधमा ३ देखि ४ प्रतिशतसम्म फ्याट हुन्छ भने भैँसीको दूधमा ७ देखि ८ प्रतिशतसम्म फ्याट हुन्छ ।

पानीको मात्रा

तपाईँ दैनिक पानी कम पिउनुहुन्छ र, आफूले खाने÷पिउने अन्य चिजबाट शरीरमा पानीको आपूर्ति होस् भन्ने चाहनुहुन्छ भने गाईको दूध पिउँदा राम्रो हुन्छ । गाईको दूधमा ९० प्रतिशतसम्म पानी हुन्छ ।

प्रोटिन

हाम्रो शरीरका लागि नभई नहुने तत्त्वमा पर्छ प्रोटिन । गाईको दूधको तुलनामा भैँसीको दूधमा १० देखि ११ प्रतिशत बढी प्रोटिन पाइन्छ । यद्यपि नवजात शिशु र बृद्धबृद्धालाई भैँसीको दूध खुवाउँदा बढी प्रोटिनले केही असर पनि पुर्‍याउन सक्छ ।

कोलेस्ट्रोल

अहिलेका लागि दीर्घ रोगको कारणमध्ये कोलेस्ट्रोल पनि एक हो । कोलेस्ट्रोलले रगतलाई बाक्लो बनाउँछ । जसका कारण मिर्गौला, मोटोपना, मुटुसम्बन्धी रोगबाट पीडित भइन्छ । गाई र भैँसीको दूधमा पनि कोलेस्ट्रोलको मात्रा अलग–अलग हुन्छ ।

गाईको दूधको तुलनामा भैँसीको दूधमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।

क्यालोरी

भैँसीको दूधमा प्राटिन र फ्याटको मात्रा बढी हुन्छ, यसको अर्थ यसमा क्यालोरी पनि बढी हुन्छ । एक अध्ययनका अनुसार २५० एमएल (मिलिलिटर) भैँसीको दूधमा २७३ क्यालोरिज हुन्छ भने गाईको दूधमा १४८ क्यालोरिज हुन्छ ।

अरु पनि जानकारी

यदि तपाईँलाई राति सुत्दा लामो समयसम्म निद्रा नलाग्ने समस्या छ भने एक गिलास भैँसीको दूध पिउनुहोस्, यसले तपाईँलाई निद्रा लाग्न मद्दत पुग्ने छ ।

पनिर, खोया, दही, खीर, घ्यु आदी परिकार बनाउनका लागि भैँसीको दूध राम्रो हुन्छ । गाईको दूधमा चिल्लोपना कम हुने भएकाले मिठाइ बनाउनका लागि राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?