मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज यी स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडौँ – अहिले कोसी, मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै कोसी, बागमती र कर्णाली प्रदेशका  थोरै स्थानहरूमा साथै गण्डकी र लुम्बिनी एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार हाल कोसी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू(भागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ  साथै बाँकी भू–भागमा स्थानीय वायु  आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोसी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

साथै कोसी, बागमती र गण्डकी प्रदेशका  एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?