मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आयोजक अमेरिकालाई हराउँदै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ – आईसीसी टी–२० विश्वकपको ‘सुपर ८’मा आयोजक अमेरिकालाई हराउँदै इंग्ल्यान्डले सेमिफाइनलको यात्रा तय गरेको छ। 

आइतबार राति भएको खेलमा अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्यान्ड जारी विश्वकपमा सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो। अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा भेट्टायो ।

इंग्ल्यान्डका कप्तान जोस बट्लरले विस्फोट ब्याटिङ गर्दै ३८ बलमा ८३ रन बनाए । उनले ६ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै फिल साल्टले २१ बलमा २५ रन जोड ।

यसअघि केन्सिङ्टन ओवल बार्बाडोस स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले १८।५ ओभरमा अलआउट हुनुअघि एक सय १५ रन मात्र बनाउन सक्यो ।

उसका लागि नितिश कुमारले सर्वाधिक ३० रन जोडे । २४ बलको सामना १ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कोरी एन्डरसनले २८ बलमा २९ रन बनाए । हरमित सिंहले २१, स्टिभन टेलरले १२, कप्तान एरोन जोन्सले १० रनको योगदान दिए ।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले घातक बलिङ गरे । २.५ ओभर बलिङ गरेका उनले मात्र १० रन खर्चिएर ह्याट्रिकसहित ४ विकेट लिए । साम करन र आदिल रसिदले पनि २–२ विकेट लिए ।

अमेरिकाले अन्तिमका पाँच विकेट ६ बलमा कुनैपनि रन नजोडी गुमायो । हारसंगै अमेरिका प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?