केटीहरू प्रायः यस्तो डरमा हुन्छन् की कुनै युवकसँगको प्रेम सम्बन्ध टुटेपछि उनीहरू बिटुलो बन्दछन् अर्थात् आफू बरबादै होइन्छ र अरूबाट अस्वीकृत बनिन्छ भन्ने डर उनीहरूमा हुन्छ ।
तर यसरी डर मानेर मात्र हुँदैन । यदि प्रेमीले अलग हुने फैसला गरिसकेको छ भने जबरजस्ती गर्नुभन्दा त्यसलाई स्वीकार गरेर जीवनलाई नयाँ शिराबाट अगाडि बढाउनु श्रेयस्कर हुन्छ ।
तर बिछोडपछिको जीवन अझ आलो घाउको अवस्था त्यति सजिलो हुँदैन। प्रायः केटीहरू प्रेम सम्बन्धको ब्रेकअपपछि यस्तो व्यवहार देखाउने गर्छन्:
-सोसल मिडियामा आफ्नो भूपू मायालुको तस्वीर हेरिरहने वा पुराना कुराहरू सम्झिरहने ।
-विभिन्न किसिमले आफ्नो भूपूसँग पुनः मित्रता कायम राख्ने कोसिस गर्ने ।
-पीडा भुलाउने बहाना गर्दै मदिरा पान गर्ने ।
-पूराना तस्वीर तथा म्यासेजलाई बारम्बार हेर्ने तथा पढ्ने ।
-एकपटक फेरि अर्को साँचो प्रेमको खोजीमा निस्कने ।
-साथीहरुसँग आफूलाई धोका दिने भूपू प्रेमीलाई गाली गलौच गर्ने ।
-हरेक समय आफ्नो नयाँ पार्टनरलाई भूपूसँग दाँजेर हेर्ने अनि नयाँलाई अब्बल मान्ने ।
-यदि ब्रेकअप पछि छिटै अर्को पार्टनर फेला परेन भने प्रेम भन्ने चिजलाई बेकारको चिज घोषित गर्ने ।
-दुःख तथा पीडा भरिएका गीत सुन्ने र यस्तो वियोगपूर्ण कविताहरू लेख्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया