मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राम्रो निन्द्राका लागि यस्तो बनाउनुहोस् शयन कोठा

राम्रो निन्द्राका लागि अनुकूल वातावरण भयो भने मानिसलाई आनन्द मिल्छ । शारीरिक तथा मानसिक ऊर्जा प्राप्त गर्न  आनन्ददायी निन्द्राको आवश्यकता पर्छ ।

चिनियाँ शास्त्रमा आरामदायी निन्द्रा ऊर्जालाई एकत्रित गर्ने माध्यम हुने बताइएको छ ।  जुन स्थानमा दिनचर्याको एक तिहाइ समय व्यथित गर्छौँ, उक्त स्थानमा यस प्रकारको शयन कक्षको व्यवस्था हुनु हो भने हामी घोडा बेचेर चैनको निन्द्रा लिन सक्छौँ । शिथिलतालाई कम  सक्छौँ ।

शयन कोठामा फूलको उपयोग

फेन्ग शुईमा फूलबाट अग्नि तत्त्वको ऊर्जा उत्पन्न हुने मानिन्छ । त्यसैले शयन कक्षमा फूललाई राख्न उचित हुँदैन । शयन कक्षमा फूल रहेको अवस्थामा राम्रो निन्द्रा लाग्दैन । यद्यपि, दाम्पत्य जीवनमा नैराश्य या रोमान्समा कमीको प्रतित भएमा शयन कक्षमा फूल उपयोगी सिद्ध हुन सक्नेछ ।

पानीको ट्याङ्की

तपाईँको सुत्ने स्थानको ठिक माथि पानीको ट्याङ्की रहेको छ भने त्यसबाट तपाईँको जीवनमा पृथकता, स्थिरता, निराशात्मकता, अकर्मण्यता, चिसोपना आउने आशङ्का रहन्छ ।

यस्तो अवस्थामा तपाईँले घरको छत मुनी कृत्रिम छत अथवा कपडा, काठ आदि लगाउनु उचित हुनेछ । यस्तो कुनै वस्तु लगाउनु होस्, जुन तपाईँको पलङमाथि रहोस् । लामखुट्टे झुल लगाएर सुत्दा पनि आफू सुत्ने स्थानमाथि पानी ट्याङ्की हुँदा पर्ने प्रभावको दुष्परिणाममा कमी आउने छ ।

आलिङ्गनयुक्त चित्रको प्रयोग

तपाईँको सुत्ने कोठामा स्नेह झल्काउने चित्रहरूको प्रयोग गर्नु उचित हुनेछ । एक अर्कालाई माया गरिरहेका हाँसका जोडी, आलिङ्गनयुक्त माछा, अन्य पक्षी या पशुको चित्र जो हिंस्रक नहुन्, आपसमा स्नेहको मुद्रा झल्किएका तस्बिर राखेमा तपाईँको निन्द्रा आनन्ददायी हुनेछ ।

यस्ता वस्तु नराख्नुहोस् शयन कोठामा

सुत्ने कोठामा जल तत्त्वसँग सम्बन्धित कुनै पनि सामग्री या झल्काउने सामग्री राख्नु उपयुक्त हुँदैन । नदी, समुद्र तथा जल स्रोत चित्रित कुनै पनि तस्बिर नलगाउनुहोस् ।

द्रव्य पदार्थले भरिएका सामग्री पनि सुत्ने कोठामा नराख्नुहोस् । अर्थात् राखी हाले पनि अत्यन्तै कम राख्नुहोस्, जस्तै दुग्ध, सर्बत तथा रक्सीको बोतल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?