हामी घ्यु भन्नासाथ निकै तागतिलो चिज अथवा हाम्रो वजन बढाउने पोषक तत्त्व भन्ने सम्झन्छौ । तर यति मात्रै नभएर तपाईँले अन्य कुराहरु पनि थाहा पाउन जरुरी छ ।
गाईको शुद्ध घ्यु स्वास्थ्यका हिसाबले निकै लाभदायक छ । घ्युको प्रयोग हरेक घरमा हुन्छ । तातो–तातो रोटीसँगै दाल भात तरकारीमा पनि घ्यु झानेर खाने प्रचलन छ । घ्यु पोसिलो हुनुको साथै खानामा स्वाद पनि थपिदिन्छ ।
घ्युको सेवनले शारीरिक स्वास्थ्य बलियो बनाउनुको साथै शरीरलाई पनि हाईड्रेट राख्छ । र अर्को नौलो कुरा भनेको तपाईँले कहिले तातोपानीमा घ्यु राखेर पिउने गर्नुभएको छ ?
छैन भने आजैबाट मनतातो पानीमा घ्यु राखेर पिउने गर्नुहोस् जुन निकै लाभदायक हुन्छ । यसले शारीरिक र मानसिक सन्तुलन ठिक राख्छ ।
यसलाई अझ तातो पानीमा मिसाएर खानुका फाइदाहरू धेरै नै छन् । गाईको घ्युमा कयौँ भिटामिन र एन्टिअक्सिडेन्ट पाईन्छ । यसकारण गाईको घ्यु स्वास्थ्यका लागी फाइदाजनक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया