मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेकअप गर्नुअघि ध्यान दिनुहोस् यी कुरा

काठमाडौँ – हरेक महिलाको सुन्दर देखिने चाहाना हुन्छ । सुन्दर देखिन महिलाहरू विभिन्न प्रकारको मेकअप गर्ने गर्छन् । 

भनिन्छ, महिलाहरूका लागि मेकअप प्राकृतिक कुरा नै हो । तर सुन्दर हुने नाममा गरिने मेकअपले स्वास्थ्यमा समेत असर परिरहेको हुनसक्छ । 

सामान्य लाग्ने कतिपय गल्तीले पनि कुरूपतालाई प्रशय दिइरहेको हुन्छ । फलतः  मेकअप गर्नुअघि यी कुरामा ध्यान दिनुहोस् ।

 – मेकअप गर्नुअघि सफा पानीले अनुहार धुनुपर्छ । त्यसमा हल्का मोस्चराइजर लगाउने र केही मिनेटपछि फाउन्डेसन प्रयोग गर्नुपर्छ । 

– मेकअप सामग्रीमा क्वालिटीको लिक्विड फाउन्डेसनको प्रयोग गर्नुपर्छ । यसलाई नरम मेकअप ब्रसले लगाउनुपर्छ । यसले अनुहारलाई चम्किलो बनाउँछ । फरक लुक्स दिन पनि सहयोग पुग्छ । 

– जाडोमा मेकअप गर्दा पाउडर प्रयोग नगर्दा नै राम्रो हुन्छ । यसले छाला सुक्खा बनाउँछ । साथै, चमक हराउँछ ।

– सकभर लाइट मेकअप गर्नु राम्रो हुन्छ । मेकअपमा फिनिसिङ टच दिँदा ब्लस अनिवार्य प्रयोग गर्दा राम्रो हुन्छ । अनुहारको चमक बढाउन ब्लसको प्रयोग गरिन्छ । यसले अनुहारको सेपलाई सुधार्न सहयोग गर्छ र असन्तुलित मेकअपलाई ठिक बनाउँछ । 

– जथाभाबी मेकअप प्रडक्ट प्रयोग गर्दा  छालामा असर पुग्न सक्ने भएकाले राम्रो क्वालिटीको प्रडक्ट प्रयोग गर्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?