मकवानपुर हेटौँडाकी निकिस्ता तिमल्सिनालाई मोडलिङ र अभिनयमा रुचि छ । पेशाले मेकअप आर्टिस्ट रहेकी निकिस्ता गीत गाउन र नयाँ ठाउँ घुम्न मन पराउने बताउँछिन् । उनी नयाँ संस्कृति सिक्न र नयाँ भाषा सिक्न पनि रुचाउँछिन् ।
२० वर्षीया निकिस्ताले आफूलाई बाल्यकालदेखि नै मोडलिङमा रुचि रहेको बताउँछिन् । अहिले मेकअप आर्टिस्टका रूपमा समेत काम गरेकी निकिस्ता वि.सं. २०८० मा समर फेसन रनवेमा समेत सहभागी भइसकेकी छिन् ।
मेकअप पार्टनर: जावरिया मेकअप स्टुडियो
ड्रेस पार्टनर: ज्योति केसी
एसोसरिज पार्टनर: एएनएक्स स्टुडियो