काठमाडौँ – तपाई स्वास्थ्य तपाईँको जीवनशैली र खानपानको तरिकामा निर्भर रहन्छ । स्वस्थ्य जीवनशैली र खाना शैली अपनाउने हो भने धेरै रोगबाट बच्न सकिन्छ । यसै सन्दर्भमा आज हामी असल खानपानका केही उपायहरू बताउँदै छौँ ।
– फलफूल र हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने।
– दाल र गेडागुडी हरेक दिन उपभोग गर्ने।
– माछा, मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने।
– दूध र दूधजन्य खाने कुराहरू हरेक दिन उपभोग गर्ने।
– खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने।
– खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने।
– खानामा नुनको प्रयोग कम मात्रामा उपभोग गर्ने।
–गुलिया र चिल्ला खानेकुरा कम मात्रामा उपभोग गर्ने।
–सधैँ ताजा र सफा खाद्य वस्तु उपभोग गर्ने।
– पर्याप्त मात्रामा सफा पानी पिउने।
– नियमित रूपमा शारीरिक परिश्रम गर्ने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया