मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फरहान अख्तर भन्छन्- ‘अब डन-३ र जी ले जरा दुवै फिल्म हेर्न पाउनुहुन्छ’

काठमाडौँ – बलिउडको सुपरहिट फिल्म डनको तेस्रो सिरिजको सुटिङ २०२५ मा शुरु हुने भएको छ । निर्माता निर्देशक फरहान अख्तरले रणवीर सिंह र कियारा आडवाणी स्टारर फिल्म डन- ३ को सुटिङ २०२५ मा सुरु हुने पुष्टि गरेका हुन् ।

त्यस्तै फरहानले कट्रिना कैफ, प्रियंका चोपडा र आलिया भट्ट स्टारर फिल्म ‘जी ले जरा’ को निर्देशन आफैले गर्ने र छिटो सुटिंग शुरु गर्ने बताएका छन् ।

फरहानले भनेका छन्– ‘हामी अर्को वर्ष फिल्म डन ३ को सुटिङ गर्नेछौँ । म आफै पनि यसको प्रतीक्षामा छु । फिल्म जी ले जराको घोषणा पनि गरिसकेका छौँ । यसको निर्देशन पनि म गर्छु ।’

फरहानले फिल्मको सुटिङ मिति भने खुलाएका छैनन् । यसमा उनले भने- ‘यो मेरो डेटको कुरा मात्र होइन । परियोजनामा धेरै व्यक्ति संलग्न छन् । मिति तय गर्नु सबैको लागि महत्त्वपूर्ण छ ।’

निर्देशकको हैसियतले मेरा यी दुई फिल्म पक्कै हेर्नुहुन्छ भन्ने पक्का छ । अगस्ट २०२३ मा, फरहान अख्तरले फिल्म डन ३ मा शाहरुख खानको स्थानमा रणवीर सिंहलाई कास्ट गरेको खुलासा गरेका थिए । त्यस्तै फिल्ममा अभिनेत्री कियारा आडवाणीको नाम मुख्य अभिनेत्रीको रूपमा सार्वजनिक गरिएको छ ।

अमिताभ बच्चन स्टारर डन सन् १९७८ मा रिलिज भएको थियो भने शाहरुख खानको मुख्य भूमिकामा यसको दोस्रो संस्करण सन् २००६ मा रिलिज भएको थियो ।

त्यस्तै फरहानले फिल्म जी ले जराको २०२१ मा घोषणा गरेपानी अहिलेसम्म निर्माण शुरु भएको छैन ।

यो फिल्ममा तीन युवतीको रोड ट्रिपको कथा हुनेछ, जसलाई फरहान अख्तरले निर्देशन गर्नेछन् । फिल्म जोया अख्तरले लेखेकी हुन् । यसको निर्माता रीमा कागती, जोया अख्तर, रितेश सिधवानी र फरहान अख्तर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?