मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बहुउपयोगी बेल, यस्ता छन् औषधीय गुण

बेल यस्तो फल हो, जसले शरीरका सम्पूर्ण भागलाई हित मात्र पुर्‍याउँछ। म्यानमार, इन्डोचीन, मलेसियामामा पाईने यो फल नेपालमा पूर्वदेखि पश्चिमसम्म करिब ११०० मिटरसम्मको उचाइमा पाइन्छ। 

बेल पेटसम्बन्धी विकार भएका मानिसलाई लाभदायक मानिन्छ । गर्मी मौसममा यसका फाइदा त झन् व्यापक छन् भने यसमा हुने एन्टिप्यारासाइटिक गुण पाचनका लागि धेरै फाइदाजनक हुन्छ ।

यति मात्र नभई बेलमा रेचक (ल्याक्जेटिभ) गुणसमेत हुन्छ । यसको नियमित सेवनले कब्जियत जरैदेखि समाप्त हुने मान्यता छ । यो मधुमेह रोगीका लागि पनि फाइदाजनक मानिन्छ ।

फलको पातलाई पिसेर रस खानाले मधुमेहमा राहत मिल्ने मान्यता छ । बेलमा धेरै प्रकारका पोषक तत्त्व हुन्छन् । यी पोषक तत्वको सहयोगले मिर्गौलाको विषनाश  गरेर शरीरको फोहोर बाहिर निकालिदिन्छ ।

बेलमा शरीरलाई चाहिने प्रोटिन, क्याल्सियम, फसफोरस, आइरनका साथै भिटामिन प्रशस्त मात्रामा पाइन्छ। पाकेको बेल खानाले शरीरलाई निकै फाइदाजनक हुन्छ साथै यसले शरीरमा शक्ति प्रदान गर्छ र विभिन्न रोग लाग्नबाट बचाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?