मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै

काठमाडौँ – जारी टी–२० विश्वकप अन्तर्गत आज सुपर आठका दुई खेल हुदै छन् ।

जसमा पहिलो खेल वेस्ट इन्डिज र अमेरिकाबीच जारी छ । बारबाडोसस्थित केंसिंगटन ओभलमा जारी खेलमा टस जितेर वेस्ट इन्डिजले बलिङ गरिरहेको छ । 

सुपर आठमा अमेरिका र वेस्ट इन्डिजले आ–आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने वेस्ट इन्डिज इङल्याण्डसँग पराजित भएको थियो ।

सेमिफाइनलको दौडमा दुवै देशका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । टी २० अन्तर्राष्ट्रिय खेलमा दुवै देश पहिलो पटक आमने सामने हुदै छन् । 

त्यसैगरी आज दोस्रो खेल बंगलादेश र भारतबीच हुदै छ । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८:१५ बजेदेखि शुरु हुने छ ।

सुपर आठमा भारतले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

त्यस्तै बंगलादेशले भने पहिलो खेलमा अस्ट्रेलियासँग हार बेहोरेको छ । भारतले यो खेलमा जित हासिल गरेमा सेमिफाइनलको सम्भावना लगभग निश्चित हुने छ भने बंगलादेशले यो खेलमा हार बेहोरेमा सेमिफाइनलको सम्भावना कठिन हुने छ ।

बंगलादेश र भारतबीच अहिलेसम्म १३ टी(२० खेल भएका छन् । जसमा भारतले १२ खेल जितेको छ भने बंगलादेशले एक खेल जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?