मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बद्री पंगेनीको गीत ‘बसे है पालेदाइ’ विवादमा 

काठमाडौँ – चर्चित लोकगायक बद्री पंगेनीसहित १० जना गायक गायिकाको स्वर रहेको लोक दोहोरी गीत ‘बसे है पालेदाइ’ विवादमा परेको छ ।  

गीतमा विद्यालयलाई माया प्रेम गर्ने थलोका रूपमा चित्रण गरिएको भन्दै शिक्षक संघ–स‌गठनहरू गीतमा विरोध जनाएका हुन् ।  

गीतले शिक्षक कर्मचारीलाई कामै नगरी खाने पात्रका रुपमा चित्रण गरेको भन्दै विज्ञप्ति निकालेको कास्कीको अन्नपूर्ण गाउँपालिकामा क्रियाशील शिक्षक संघ–संगठनले गीतलाई प्रतिबन्ध गर्न माग गरेका छन् । 

‘शिक्षकहरूलाई अपमानित हुने गरि राखिएका टुक्का, विद्यालयमा गरिएको छायांकन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेका रूपमा गरिएको चित्रण साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालयप्रति नै नकारात्मक भाव प्रकट गरेको छ।’ विज्ञप्तिमा भनिएको छ । 

मागलाई बेवास्ता गरे गीतलाई बहिस्कार गर्दै गीतसँग सम्बन्धित कलाकारहरूलाई सामूहिक बहिस्कारसमेत गरिने चेतावनी दिएका उनीहरुले शिक्षा, समाज र साहित्यको गरिमामा ख्याल नगरी व्यापारलाई मात्रै केन्द्रमा राखेर गीत ल्याइएको आरोप समेत लगाएका छन् । 

बालकृष्ण श्रेष्ठको शब्द रहेको ‘बसे है पालेदाइ’ गीतमा स्वर्गीय जयनन्द लामाको लय छ। चार दिनअघि युट्युबमा सार्वजनिक गरिएको तथा विष्णु शर्माको निर्देशन रहेको भिडिओमा करिष्मा ढकाल, विजय पुन लगायतको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?