मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् अण्डा खानुका फाइदा

अण्डा मानव स्वास्थ्यका लागी एकदमै पोषणयुक्त आहार हो । बालबालिकादेखि वृद्ध वृद्धासम्मका लागि अण्डा निकै लाभदायी मानिन्छ ।

जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ । ६० ग्रामको अण्डामा आठ ग्राम प्रोटिन पाइन्छ । दैनिक दुई वटा अण्डा खाइयो भने तीन भागको एक भाग उच्च गुणस्तरको प्रोटिन पाइन्छ ।

अण्डाको पहेँलो भागमा भिटामिन तथा खनिज हुन्छ भने सेतो भागमा प्रोटिन हुन्छ । मांसपेशी बलियो बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन, मस्तिष्क एवं स्मरण शक्ति बढाउन, शल्यक्रिया गरेका घाउ छिटो निको पार्न, मानिसको तौल बढाउन, उचाइ बढाउन अण्डा उपयोगी हुने चिकित्सकहरू बताउँछन् । 

अण्डा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थहरूले भरिपूर्ण खाद्यपदार्थ हो । अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा पाइन्छ । यसका साथै पहेलों भागको तुलनामा भिटामिन बी २ र निकै थोरै मात्रामा चिल्लो र कोलेस्ट्रोल पाइन्छ ।

सेतो भागमा सेलेनियम, भिटामिन डी, भिटामिन बी ६, भिटामिन बी १२, जिंक, आइरन र कपरजस्ता खनिज पदार्थ पनि पाइन्छन् । पहेलों भागमा भने बढी क्यालोरी र चिल्लो पदार्थ पाइन्छ ।

तिनमा कोलेस्ट्रोल, चिल्लोको मात्रा भएको भिटामिन ए, डी, इ र के तथा लेसिथिन पाइन्छ । एक बच्चालाई ६ महिनासम्म दैनिक एउटा अण्डा खान दिनाले उसको स्वस्थ वृद्धिमा मद्दत पुग्ने अनुसन्धानहरुबाट पत्ता लागेको छ  ।

यस्ता छन् अण्डा सेवन गर्नुका फाइदाहरु

–रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ

–कोलेस्ट्रोलमा सुधार गर्छ

–मुटु रोग लाग्ने खतरा कम हुन्छ

–छाला र कपालको स्वास्थ्यका लागि

–दिमागको रक्षाका लागि

–जीवन रक्षा गर्छ

–एन्टिअक्सिडेन्टको स्रोत

–हड्डी र दाँत स्वस्थ राख्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?