मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतमा किन उठ्यो एक्स र नेटफ्लिक्स बन्द गर्ने माग ?

काठमाडौँ – भारतमा सामाजिक सञ्जाल एक्स र भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्समाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । 

‘सेभ कल्चर सेभ भारत फाउन्डेसन’ नामक संस्थाले यी दुई प्लेटफर्मले देशको संस्कृति र सांस्कृतिक धरोहरलाई खतरा पुर्‍याउने काम गरेको भन्दै यस्तो माग गरेको हो । 

प्रेस क्लब अफ इन्डियामा बुधवार आयोजित पत्रकार सम्मेलनमा उक्त फाउन्डेसनले यी प्लेटफर्ममा पोर्नोग्राफी र यौन सम्बन्धी व्यक्तिगत सामग्री प्रसारण भइरहेको उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा फाउन्डेसनका संस्थापक उदय माहुरकरले यस्ता प्लाटफर्ममा यौन स्पष्ट सामग्रीले भारतको सांस्कृतिक सम्पदालाई कमजोर बनाउने र युवा नैतिकतालाई भ्रष्ट बनाउने बताएका थिए । 

फाउन्डेसनले यी प्लेटफर्महरूलाई बाल यौन अपराध रोकथाम ऐन २०१२, सूचना प्रविधि ऐन २०००, महिलाको अशोभनीय प्रतिनिधित्व (रोकथाम) ऐन लगायतका भारतीय कानुनहरूको स्पष्ट उल्लङ्घन गरेको आरोप समेत लगाएको छ । 

यद्यपि यो मागलाई लिएर भारतीय सरकारले भने कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?