मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे

भक्तपुर – हिजो जति हजुरआमा हजुरबुबा र नातिनातिनावीचको सम्वन्ध प्रगाढ थियो आज त्यति छैन । सगोलमा भन्दा छुटिएर वस्न मन पराएको नेपाली परम्पराले हजुरआमा हजुरबुबावीचको सम्वन्ध चाहेर पनि एकै परिवारमा हुन सकिरहेको छैन कतिपय परिवारहरुमा ।

हजुरआमा हजुरबुबाबीचको यही सम्वन्ध विच्छेडलाई थोरै मात्रै भए पनि नजिक ल्याउन सकून भन्ने उद्देश्यले भक्तपुरको एउटा स्कुलले हजुरआमा हजुरबुबाको सम्मानमा विहीबार भक्तपुरमा ग्रायण्ड प्यारेन्स डे सेलिव्रेसन ‘हजुरआमा हजुरबुबा दिवस २०८१’ मनाएको छ ।

हजुरआमा हजुरबुबाबीचको प्रगाढ सम्वन्ध पहिलो जति चल्थ्यो, अहिले त्यो अनेक कारणले असाध्यै कम हुन थालेको हो, आयोजक एभरेस्ट स्कुल भक्तपुरका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले भने, यो खाडललाई थोरै मात्रै पुर्न सकून् भन्ने उद्देश्य हाम्रो हो ।

कार्यक्रममा स्कुलमा प्ले ग्रुप र नर्सरीमा रहेका विद्यार्थी र तिनका हजुरआमा हजुरबुबालाई सहभागी गराइएको थियो । हजुरआमा हजुरबुबा नभएका वा आउन नभ्याउने बच्चाहरुलाई दुःखको अनुभब नहोस् भनेर त्यस्तो अवस्थाका बिद्यार्थीहरुका लागि आमाबुबालाई भए पनि आउन आग्रह गरिएको थियो । साथै हजुरआमा हजुरबुबा आमाबुबा कोही पनि आउन नभ्याउने नानीबाबुहरुका लागि स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी राजभण्डारी, भाइस प्रिन्सिपल संगीता किवाछें बनेपालीलगायतले अभिभावकत्व ग्रहण गरेका थिए ।

कार्यक्रममा नानीबाबुहरु र हजुरआमा हजुरबुबाहरुलाई सँंगै राखेर माया साटासाट गर्न दिइएको थियो । साथै बालबालिकाहरुले गीत, नृत्य, नाटक देखाएर हजुरआमा हजुरबुबाहरुलाई रमाउन दिएका थिए । साथै हजुरआमा हजुरबुबाहरुले कथा, अनुभब सुनाएका थिए । साथसाथै नानीबाबुहरुले आआफना हजुरआमा हजुरबुबाहरुलाई मायास्वरुप प्रदान गरी यसअघि नै बनाएको ग्रेडिंग कार्ड हस्तान्तरण गर्न लगाइएको थियो । साथसाथै हजुरआमा हजुरबुबालाई संगसँंगै राखेर चियापार्टी पनि गर्न लगाइएको थियो ।

कार्यक्रममा एक जना नानीबाबुका घटीमा एकजनादेखि वढीमा चार जनासम्म अभिभावक –हजुरआमा, हजुरबुबा, बुबा, आमा० सहभागी भएको स्कुलका प्रिस्कुल कोअर्डिनेटर प्रेमशिला प्रधानले बताइन् । उनले प्रत्येक वर्ष यस्ता कार्यक्रमहरुलाई स्कुलले निरन्तरता दिंदै आएको जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?