मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सहजै पेट घटाउनको लागि अपनाउनुहोस् यस्ता उपायहरू

पेट बढ्ने समस्या अहिले अधिकांश व्यक्तिहरूको रहेको छ । मानिसहरू पेट घटाउनकै निमित्त मानिसहरू अनेक उपाय अपनाइरहेका हुन्छन् तर सोचे अनुरूपको परिवर्तन पाइरहेका छैनन् ।

महिला र पुरुष दुवैलाई तौल बढेर समस्या आइरहेको हुन्छ । पेट उक्सिँदा सौन्दर्यमा पनि नकारात्मक असर पर्छ र राम्रो आफ्नो इच्छाअनुरूपको कपडा पनि लगाउन पाइँदैन । यसैका लागी मानिसहरू जिम धाउने,अनेक उपाय अपनाउने गर्छन् । 

यस्ता छन् पेट घटाउने पाँच वटा उपाय

तातो पानी पिउने

तौल घटाउने सबभन्दा राम्रो उपाय तातो पानी सेवन हो । बिहान दुई गिलास तातो पानी खाली पेटमा पिउनुहोस् । पानी मनतातो हुनुपर्छ । पानीमा कागती र महका थोपा राख्दा झनै राम्रो हुन्छ । अनि ग्रिन टी लिने गर्दा पनि शरीरको अतिरिक्त बोसो निस्कन्छ र तौल बढ्दैन ।

पर्याप्त निन्द्रा

राम्रो निदाउन सकिएन भने पनि मोटोपन बढ्छ । कम्तीमा ८ घण्टा मज्जाले सुत्नुभयो भने राम्रो हुन्छ । राति १० बजे सुतेर बिहान ६ बजे उठ्दा निद्रा पूरा हुन्छ ।

राति ७ बजेपछि सकभर नखाने

खानपिन अनियमित हुँदा पाचन क्रियामा गडबडी आउँछ र तौल बढ्न थाल्छ । साँझ ७ बजेसम्ममा खाना खाइसकेको राम्रो हुन्छ । यसले गर्दा सुत्ने बेलासम्म खाना पचिसक्छ र शरीर रातभरि डिटक्सिफाई हुन्छ । यसो हुँदा बिहान तपाईँ ताजा अनुभव गर्नुहुन्छ र बोसो पनि डढ्न थाल्छ । 

दिनको तीन पटक भोजन

एक पटकमा धेरै खानुभन्दा अलिअलि गर्दै थोरै थोरै खाइरहेको राम्रो हुन्छ । यसले मेटाबोलिजमलाई सही राख्छ र तौल घटाउन सहयोग गर्छ । अलि अलि खाँदा ऊर्जा पनि कायम रहन्छ र बोसो पनि डढ्छ । बिहान एक छाक खाने दिनभर भोको बस्ने र फेरी साँझमा धेरै खाना खाने गर्नुभएन । यसरी लामो समय भोको बसेर एकै पटक धेरै खाँदा झन् मोटोपनालाई बढवा दिन्छ । 

बाहिरको खाना, खाजा सकभर नखानुहोस् 

तौल घटाउनु छ भने पहिलो कुरा त घरबाहिरको खाना खान छोड्नुपर्छ ।  जङ्क फुडले तौल बढाउने मात्र नभई विभिन्न रोग पनि निम्त्याउँछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?