मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दैनिक कति चोटि ब्रस गर्ने ? यी हुन् ब्रस गर्दा ध्यान दिनुपर्ने कुरा

हामीले दैनिक रूपमा ब्रस गर्छौ । कतिले बिहान उठ्नासाथ एक पटक मात्रै ब्रस गर्ने गर्नुहुन्छ भने कतिले बिहान र बेलुका दुई पटक ब्रस गर्ने हुन्छ ।

दैनिक रूपमा मुखको स्वास्थ्यका लागि ब्रस गर्नु एकदमै जरुरी हुन्छ । दैनिक रूपमा ब्रस गर्दा दाँत सफा त हुन्छ नै साथमा सम्पूर्ण मुखको स्वास्थ्य पनि राम्रो हुन्छ । तर, ब्रस गर्दा कति समय गर्नु सही हुन्छ र कसरी ब्रस गर्ने भन्ने कुरा जान्नु एकदमै जरुरी हुन्छ । 

हामी सबैले नै प्रायजसो हतार–हतारमा ब्रस गर्ने गर्छौ । कतिपयले त मुखमा मन्जन र ब्रस पुर्‍याएरै मात्रै आदि मिनेट पनि नभईकन कुल्ला गर्नुहुन्छ । 

तर विभिन्न अध्ययन तथा रिसर्चका अनुसार दाँतमा जमेको फोहोरलाई हटाउनका लागि दैनिक कम्तीमा तीनदेखि चार मिनेटसम्म ब्रस गर्नु जरुरी हुन्छ । अनि मात्र दाँत तथा मुखमा भएको फोहोर पूर्ण रूपले सफा हुन्छ ।

दैनिक कम्तीमा दुई मिनेटसम्म ब्रस गर्नुपर्दछ । ब्रस जहिले पनि दुई मिनेटभन्दा धेरै नै गर्नुपर्छ । यसरी ब्रस गर्दा दाँत तथा मुखमा भएको फोहोर पूर्णरूपले हट्ने गर्छ ।

विशेषगरी दाँतलाई दिनमा दुई पटक धुनुपर्ने  चिकित्सकहरू बताउँछन् ।

यसरी तपाईँ पनि दैनिक रूपमा ब्रस गर्नुहुन्छ भने तपाईँको ओरल स्वास्थ्य सधैं राम्रो हुनेछ । ब्रस गर्ने क्रममा फ्लोराइड मञ्जनको प्रयोग गर्नुपर्दछ । व्यक्तिले दिनमा २ पटक ब्रस गर्नु पर्छ । ब्रस गर्ने समय २ मिनेटको हुनुपर्छ । २ मिनेट भन्दा कमको लागि ब्रस गर्दा दाँतमा प्लेक हटाउँदैन । 

यो २ मिनेट भन्दा बढी दाँत रगड्दा पनि दाँतको इनामेल खराब हुन्छ । साथै दाँत सफा गर्न सधैँ नरम ब्रस्टलको वाला टुथब्रस प्रयोग गर्नुहोस्। कडा ब्रस्टलवाला ब्रसले दाँत को इनामेल खराब मात्र गर्दैन, गिजासँग सम्बन्धित समस्या पनि उत्पन्न गर्दछ । 

साथै हामी प्राय ब्रस किन्दा कडा खालको ब्रस किन्ने गर्छौ । र कडा खालको ब्रस गर्दा दाँत राम्ररी सफा हुन्छ भन्ने हाम्रो आम बुझाई छ । तर ब्रस किन्दा नरम खालको ब्रस किन्नुपर्छ । जसले दाँत र गिजालाई स्वस्थ र सफा बनाउँछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?