मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी जाँच गर्नुहोस् इन्टरनेट स्पीड

काठमाडौँ – बजारमा इन्टरनेटको गति जाँच गर्नका लागि धेरै एप उपलब्ध छन् । यी एपहरूले डाउनलोड गति र अपलोड गतिका साथै तपाईँको इन्टरनेट जडानको विलम्बता अर्थात लेटेन्सी जस्ता कुराहरू बारे जानकारी प्रदान गर्दछ। 

यसका लागि यसका गूगलको इन्टरनेट स्पीड जाँच्ने फिचर छ, जसबाट हामी इन्टरनेटको स्पीड जाँच्न सक्छौं ।

तर जाँच गर्नुभन्दा पहिले प्रयोगकर्ताहरुले कुनै पनि डाउनलोड वा अपलोड गरिरहेको भने हुनु हुँदैन । त्यसैगरी जाँच गर्दा भीपीएन पनि बन्द गर्नुपर्छ । आज हामी तपाईँलाई इन्टरनेटको स्पीड चेक गर्ने तरिकाको जानकारी दिँदै छौँ ।

सर्वप्रथम आफ्नो स्मार्टफोन, पिसी वा ट्याब्लेटमा कुनै पनि इन्टरनेट ब्राउजरमा गएर गूगल डटकम खोल्नुहोस् । त्यसपछि सर्च बारमा गएर गुगल इन्टरनेट स्पीड टेस्ट सर्च गर्नुपर्ने हुन्छ ।

अब सर्च रिजल्टमा इन्टरनेट स्पीड टेस्ट भन्ने डाईलग बक्स देख्न सक्छौँ । त्यहाँ निर डाईलग बक्सको तल रन स्पीड टेस्ट बटनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यो बटनमा क्लिक गरेपछि गुगलले रिजल्टका लागि एउटा पप अप देखाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?