काठमाडौँ – नेपाली फिल्म ‘शिरफूल’को प्रदर्शन मिति अन्तिम समयमा आएर सारिएको छ । यसअघि घोषित मितिअनुसार यो फिल्म भोलि रिलिज हुनुपर्ने थियो ।
तर अब फिल्म साउन १८ गतेदेखि प्रदर्शनमा आउने भएको निर्देशक कमल एक्चै मगरले बताए।
फिल्मको प्रचार प्रसारलाई समय कम भएको भन्दै वितरक र निर्माताबीचको सल्लाहमा प्रदर्शन मिति हेरफेर गरिएको मगरले जनाएका छन् र
सामाजिक कथामा बनेको फिल्म ‘शिरफूल’ आशीर्वाद पुन मगर निर्माण र माया छन्त्याल पुनको सह निर्माणमा बनेको हो ।
फिल्ममा रूपा राना, राज थापा, देवराज आले मगर, विनीता थापा मगर, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरूङ, निता पुन, किरण मगरलगायतको अभिनय छ।
अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिकामा छिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया