मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुकेको नरिवल खानुका यती धेरै फाइदा

नरिवल निकै स्वस्थवर्द्धक फल हो । नरिवल विभिन्न प्रकारका हुन्छन् । पानी भएको नरिवल र सुख्खा नरिवल । नरिवलको सेवन सबै उमेरका मानिसहरूका लागि आवश्यक हुन्छ ।

काँचो होस वा सुकेको नरिवलका फाइदा नै हुन्छन् । विशेषगरी गर्मीमा नरिवलको पानी पिउने धेरै प्रचलन छ र यो फाइदाजनक पनि हुन्छ । तर सुख्खा नरिवलले पनि काँचो नरिवल सरह नै स्वास्थ्य लाभ दिन्छ । 

सुकेको नरिवल खानुका फाइदाहरू

–सुख्खा नरिवल पोषक तत्त्वले भरपुर हुन्छ । यसमा भिटामिन, क्याल्सियम, म्याग्निज, प्रोटिन र आइरन निकै राम्रो मात्रामा पाइन्छ । यस्तोमा यसको सेवनले तपाईँको प्रतिरोधी क्षमतालाई बढाउन सकिन्छ । सुख्खा नरिवलले तपाईँको प्रतिरोधी क्षमता बढाएर रोगबाट लड्न पनि सहयोग गर्छ ।

–सुख्खा नरिवलमा अत्यधिक मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले तपाईँको हृदयलाई स्वस्थ राख्न मद्दत गर्छ । नरिवलले हृदयाघातको खतरालाई पनि कम गर्छ ।

–दैनिक सुकेको नरिवल खाँदा दिमाग तेज हुन्छ । यसले हाम्रो स्मरण शक्ति बढाउँछ र मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउँछ ।

–सुकेको नरिवल कपालका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने पोषक तत्त्वले कपाल झर्न रोक्नुका साथै मुलायम र चम्किलो बनाउँछ ।

–सुकेको नरिवल खानाले हड्डी पनि बलियो हुन्छ । दैनिक रूपमा यसको सेवनले हड्डी सम्बन्धी समस्यामा पनि फाइदा गर्दछ ।

–सुकेको नरिवल खाँदा टाउको दुख्ने समस्या पनि कम हुन्छ । यसले तपाईँको दिमाग शान्त हुन्छ र ताजगी महसुस गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?