काठमाडौँ – क्रोसियालाई अल्बानियाले बराबरीमा रोकेको छ । जारी युरोकप अन्तर्गत समूह बी को खेलमा क्रोसियाविरुद्ध इन्जुरी समयमा गोल गर्दै अल्बानियाले २-२ गोलको बराबरीमा रोकेको हो ।
यस अघि १-० गोलले पछि परेको क्रोसियाले खेलको ७४औ र ७६औ मिनेटमा गोल गर्दै २-१ को अग्रता हासिल गरे पनि इन्जुरी समयमा रोक्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो ।
अल्बानियाका लागि खेलको ११औं मिनेटमा क्वाजिम लासीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४औ मिनेटमा क्रोसियाका लागि आन्द्रेज क्रमारिकले बराबरी गोल गरेका थिए ।
त्यसपछि ७६औ मिनेटमा अल्बानियाका क्लाउस ग्जासुलाले आत्मघाती गोल गरेपछि क्रोसियाले २-१ को अग्रता हासिल गरेको थियो । त्यसपछि ९० मिनेटपछिको इन्जुरी समयको ५औ मिनेट अल्बानियाका क्लाउस ग्जासुलाले गोल गर्दै खेल बराबरी गरेका थिए ।
यो बराबरीपछि क्रोसियाको नकआउट चरणमा छनौट हुने सम्भावना कठिन बनेको छ । क्रोसियाले पहिलो खेलमा स्पेनसँग हर बेहोरेको थियो । क्रोसियाको अब २ खेलमा केवल एक अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ । त्यस्तै अल्बानियाको पनि २ खेलमा एक अंक रहेको छ र तेस्रो स्थानमा छ ।
अब क्रोसियाले समूह चरणको अन्तिम खेल जुन २५ मा इटालीविरुद्ध खेल्ने छ भने अल्बानियाले जुन २५ मै स्पेनसँग खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया