मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वविख्यात् भाषाविद् नोम चोम्स्कीको मृत्युको खबर असत्य भएको पत्नी भालेरियाद्वारा पुष्टि

काठमाडौँ – नोम चोम्स्कीकी पत्नी भालेरिया वासरम्यान चोम्स्कीले मंगलबार आफ्ना पतिको मृत्यु भएको भन्ने समाचार असत्य भएको बताएकी छिन् ।

साओ पाउलोस्थित ‘बेनिफिसेन्सिया पोर्टुगुएसा अस्पताल’ले एक विज्ञप्ति जारी गर्दै चोम्स्कीलाई घरमै उपचार जारी राख्न मंगलबार डिस्चार्ज गरिएको जनाएको छ ।

पञ्चानब्बे वर्षीय चोम्स्कीलाई ब्राजिलमा हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो । मंगलबार चोम्स्की ‘एक्स’ को सूचनाको ट्रेन्डिङमा थिए किनकि यसअघि सार्वजनिक भएको उनको मृत्युको रिपोर्टहरू गलत सावित भएका थिए ।

ज्याकोबिन र द न्यू स्टेट्सम्यानले चोम्स्कीका लागि मृत्युलेख प्रकाशित गरे तापनि चोम्स्कीले आफ्नो शीर्षक ‘वी रिमेम्बर नोम चोम्स्की’ बाट ‘लेट्स सेलिब्रेट नोम चोम्स्की’ मा परिवर्तन गरेका थिए ।

‘द न्यू स्टेट्सम्यान’ ले ग्रीसका पूर्व अर्थमन्त्री यानिस भारोफाकिसको निबन्धलाई पूर्णरुपमा हटाएको छ । ब्राजिलियन समाचार साइट डियारियो डो सेन्ट्रो डो मुन्डोले पनि चोम्स्कीको मृत्युको घोषणा गरेको समाचार हटाएर उनको नयाँ समाचार प्रकाशन गरेको छ ।

अस्पतालमा उनको हृदयघातको उपचार भइरहेको चोम्स्कीकी पत्नीले गत साता इमेलमार्फत् एपीलाई बताएकी थिइन्।

चोम्स्की दम्पती सन् २०१५ देखि ब्राजिलमा बसोबास गर्दै आएका छन् । अमेरिकी विदेश नीतिको आलोचना गरेका नोम चोम्स्कीले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा दशकौंसम्म प्राध्यापन गरेका थिए ।

सन् २०१७ मा उनी टक्सनस्थित एरिजोना विश्वविद्यालयको कलेज अफ सोसियल एन्ड बिहेभियरल साइन्समा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?