काठमाडौँ– सन् १९६७ सेप्टेम्बर ९ मा जन्मिएका बलिउड अभिनेता अक्षय कुमार रोमान्टिक, कमेडी र एक्सन हिरोको रुपमा परिचित छन् । करिब तीन दशक बलिउडमा काम गरेका अभिनेता अक्षय कुमार अभिनित फिल्म अहिले पनि दर्शकले रुचाउँछन् ।
करिब सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका अक्षयका ‘जाने दुश्मन’, ‘दावा’, ‘धड्कन’, ‘खिलाडियों का खेलाडी’ लगायत फिल्म सुपरहिट छन् । ‘खिलाडियो का खिलाडी’ बाट बलिउडमा उनको स्टारडम लामो समयसम्म रहन पुग्यो । अहिले पनि उनी उत्तिकै रुचाएका अभिनेता हुन् ।
उनको वास्तविक नाम राजीव हरिओम भाटिया हो । मसहुर अभिनेतासँगै अक्षय कुमार फिल्म निर्माता र मार्सल आर्टिस्ट पनि हुन् । मायाले उनलाई ‘अक्की’ भनेर पनि बोलाएको पाइन्छ । अक्षय कुमारले हालसम्म १ सय २५ भन्दा बढी बलिउडमा अभिनय गरिसकेका छन् ।
अनुशासित स्वभावका अक्षय कुमारले दुई पटक ‘फिल्मफेयर अवार्ड’ समेत जितिसकेका छन् । उनी बलिउडमा सबैभन्दा फिट अभिनेताको रुपमा पनि परिचिति छन् ।
आमा अरुणा भाटिया र पिता हरिओम भाटियाको कोखबाट उनको जन्म पञ्जाबको अमृतसरमा भएको हो । राजेश खन्ना र डिम्पल कपाडियाकी छोरी ट्विंकलसँग बैबाहिक सम्बन्धमा बाँधिएका अक्षय कुमारका एक छोरा र एक छोरी छन् ।
उनले डान बोस्को स्कूलबाट विद्यालय तहको शिक्षा र मुम्बईको गुरु नानक खालसा कलेजबाट उच्च तहको पढाई पूरा गरेका थिए । भारतबाट तेक्वान्डोमा ब्ल्याक बेल्ट हासिल गरिसकेपछि अक्षय कुमारले थाइल्याण्डको बैंककबाट मार्सल आट्र्सको पढाई पूरा गरेका थिए । बैंककबाट फर्किएपछि फुटसुट गराएका अक्षयकुमारले फिल्म ‘दिदार’ को लागि हस्ताक्षर गरेका थिए ।
‘खिलाडी सिरिज’ बाट बने ‘खिलाडी कुमार’
अक्षय फिल्म ‘सौगन्ध’ मा मुख्य भूमिकामा देखा परेका थिए । यसअघि उनले फिल्म ‘आज’ मा मार्सल आर्टस् प्रशिक्षकको भूमिका निभाएका थिए । तर, उनी मुख्य भूमिकामा भने थिएनन् । करिअरको सुरुवातमा उनले अभिनय गरेको फिल्मले खासै राम्रो प्रतिक्रिया भने पाएका थिएनन् । तर, फिल्म सिरिज ‘खिलाडी’ ले उनलाई बलिउडका ‘खिलाडी कुमार’ बनायो ।
उनले ‘खिलाडी’ सिरिजको प्रायः सबै फिल्ममा अभिनय गरेका छन् । सन् १९९२ को ‘खिलाडी’, सन् १९९४ को मैँ खिलाडी तु अनाडी’, सन् १९९५ को ‘सबसे बडा खिलाडी’, सन् १९९६ को खिलाडीयों का खिलाडी’, सन् १९९७ को ‘मिस्टर एण्ड मिसेस खिलाडी’ सन् १९९९ को ‘इन्टरनेशनल खिलाडी’, सन् २००० को ‘खिलाडी ४२०’ र सन् २०१२ को ‘खिलाडी ७८६’ मा अभिनय गरेका छन् ।
अक्षय कुमार भारतीय चर्चित शो ‘म्यान भर्सेस वाइल्ड’ मा बेयर ग्रिल्सको साथमा जंगलको यात्रा तथा एडभेन्चर गरेको दृश्यमा देखा परेका थिए । सन् २०२० को ११ सेप्टेम्बरमा उक्त शो डिस्कवरी च्यानलमा प्रशारित भएको थियो । भारतीय प्रधानमन्त्री र साउथ सुपरस्टार रजनीकान्त पनि बेयर ग्रिल्सको साथमा जंगल एडभेन्चरमा घुमिसकेका छन् ।
अक्षय कुमारले प्रधानमन्त्री मोदीसँग मिलेर ‘आत्मनिर्भर भारत अभियान’ अन्तर्गत एफएयु–जी खेलको घोषणा सन् २०२० सेप्टेम्बर ४ मा घोषणा गरेका थिए । सो अभियान सन् २०२० मे १३ बाट सुरु भएको छ । भारतीय अर्थव्यवस्था, पूर्वाधार, प्रणाली, जीवन्त जनसांख्यिकी र मागलाई समेटेर बनाइएको सो कार्यक्रममा भारत सरकारले २० लाख करोड भारु घोषणा गरेको थियो ।
‘प्ले ब्वाई’ अक्षय कुमारको कोकोसँग अफियर ?
बलिउड अभिनेता अक्षय कुमारलाई प्ले ब्वाईको रुपमा पनि चिनिन्छ । उनी केही समयको अन्तरालमा नै धेरै पटक प्रेममा परेका थिए । धेरै जनासँग उनको अफियर चलेपनि उनले पहिलो प्रेमिकासँग नै विवाह गरेका थिए ।
फिल्म क्षेत्रमा आउनुभन्दा पहिले अक्षय कुमारको अफियर मोडल पूजा बन्नासँग रहेको हल्ला चलेको थियो । दुबै जनाको इन्गेजमेन्ट पनि भइसकेको थियो । तर अक्षय कुमार फिल्म क्षेत्रमा धेरै व्यस्त हुन पुगे । फिल्म दुनियाँको प्रभावले यो सम्बन्ध टिक्न सकेन ।
अक्षय कुमारको अफियर अर्की चर्चित बलिउड अभिनेत्री रेखासँग पनि चलेको हल्ला चलेको थियो । फिल्म ‘खिलाडियो का खिलाडी’ को सुटिङको क्रममा दुबै जना नजिकिएका थिए । रेखाको उमेर अक्षयकोभन्दा केही बढी थियो । दुईबीचको उमेर अन्तरले पनि यो सम्बन्ध कन्ट्रोभर्सी बन्न पुग्यो । जबकी रेखा र अक्षयले आफ्नो सम्बन्धको बारेमा सञ्चार माध्यममा कहिले पनि बोलेका थिएनन् ।
यस्तै, बलिउड अभिनेत्री शिल्पा शेट्टीभन्दा पहिले अक्षय कुमारको अफियर अभिनेत्री रवीना टन्डनसँग पनि थियो । अभिनेत्री रवीना टन्डन ग्ल्यामर रुचाउने कलाकारको रुपमा थिइन् । अक्षयले रवीनालाई डेट गरिरहेकै समयमा अर्का बलिउड अभिनेत्री शिल्पालाई पनि डेट गर्दै गरेको हल्ला पनि छ । यही कारणले रवीनाले अक्षयसँगको सम्बन्धलाई टुक्राएकी थिइन् ।
९० को दशकमा शिल्पासँग प्रेममा
ट्विंकल खन्नासँग विवाह गर्नुभन्दा पहिले अक्षय कुमार अभिनेत्री शिल्पा शेट्टीसँग प्रेम सम्बन्धमा थिए । ९० को दशकमा अक्षय र शिल्पा बलिउडमा हट जोडीको रुपमा थिए । एउटा अन्तरर्वार्तामा शिल्पाले आफ्नो मगनी अक्षयसँग भइसकेको बताएकी थिइन् । तर अक्षय कुमारको कारण दुई जनाको सम्बन्धमा दरार आयो ।
ट्विंकल खन्नासँग वैवाहिक सम्बन्ध बाँधिसकेपछि अक्षय कुमार सुध्रने केही आशा थियो । तर, उनी विवाह पछि पनि प्रेम सम्बन्धमा परिरहे । उनको सबैभन्दा कन्ट्रोभर्सी अफियर विवाह पछि भएको थियो । फिल्म ‘अन्दाज’ को सुटिङको क्रममा बलिउड अभिनेत्री प्रिंयका चोपडासँग पनि अक्षयको अफियर चलेको थियो ।
यो कुरा उनको श्रीमती ट्विंकल खन्ना समक्ष पनि पुगेको थियो । यसको असर खन्नालाई पनि परेको थियो । यही कारणले पनि अक्षय र श्रीमती खन्नाबीच झगडा पनि भएको थियो । तर परिवारको लागि अक्षयले पिंयकासँगको सम्बन्धबाट बाहिर निस्किए ।
पहिलो प्रेमिकासँग विवाह
सन् २००१ जनवरी १ मा अक्षय कुमार ट्विंकलसँग विवाह सम्बन्धमा बाँधिएका थिए । तर केहीले ट्विंकलसँग विवाह गर्नको लागि अक्षय कुमार राजी नभएको पनि बताउने गरेका छन् ।
तर, ट्विंकलकी आमा डिम्पल कपाडियाको दबावमा आएर अक्षय कुमार विवाह गर्न राजी भएका थिए विवाह पनि अक्षयले प्ले ब्वाईको बानीलाई हटाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया