मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘आँखालाई माया गर्नुहोस्’ लोकार्पण

काठमाडौँ – नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र तिलगङ्गा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले ‘आँखालाई माया गर्नुहोस्’ नामक बालबालिका लक्ष्यित आँखा स्वास्थ्य प्रवर्द्धन गर्ने चेतनामूलक पुस्तक आज यहाँ आयोजित एक कार्यक्रममा संयुक्त रूपमा लोकार्पण गरिन ।

अष्ट्रेलियाली दूतावासको सहयोगमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा नेपालका विज्ञ मिथिला कलाकारहरूको टोलीद्वारा तयार पुस्तक तिलगङ्गा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागबाट उपलब्ध हुने यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । 

त्यस अवसरमा राजदूत भोल्कले प्रस्तुत पुस्तिकाबाट अष्ट्रेलिया र नेपालबीचको जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। सान्ड्रा फिडेल्डेलीले निःस्वार्थ रुपमा नेपाली बालबालिका कलाकार र स्वास्थ्यकर्मीमा पु¥याएको सहयोगको प्रशंसा गर्दै उनले दुई देशका जनताको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिलेको बताइन्। 

प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत गुरुङले पुस्तक प्रकाशनलगायत  गतिविधिबाट नेपाल–अष्टे«लिया सम्बन्ध विस्तारमा योगदान गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?