काठमाडौँ– बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सिर्जना कलेज अफ फाइन आर्टको आयोजनामा आइतबारदेखि कला प्रदर्शनी शुरु भएको छ ।
‘सिर्जना–२०२४ थ्रेड्स: अफ सिमुटियनिटी’ शीर्षक दिइएको कला प्रदर्शनीमा दुई दर्जनभन्दा बढी कलाकारहरुका चित्रकला, मूर्तिकला, कार्टुनकला तथा प्रतिस्थापन कला सिर्जनाहरु प्रदर्शनरत छन् ।
कलाको फाँटमा औपचारिक अध्ययनसँगै कला सिर्जनालाई अगाडि बढाएको सिर्जना कलेजका स्तम्भहरु शशि विक्रम शाह, वैत्यगोपाल वैद्य, कृष्ण मानन्धर, मदन चित्रकार, सुनिल रन्जित लगायत सस्थापक, प्राध्यापकहरुको कलाकृति र तिनको योगदानलाई प्रदर्शनीमा विशेष रूपमा देखाइएको छ ।
प्रदर्शनी शुक्रवारसम्म जारी रहनेछ ।
कलाकृतिहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया