धेरै जनाको बिहान उठ्नासाथ तातो पानी पिउने बानी हुन्छ । कतिले तातोपानीमा मह मिसाएर पनि खानुहुन्छ ।
कतिले जिरापानी पनि पिउनुहुन्छ । आफ्नो–आफ्नो रुचि अनुरूप हामी खाने गर्छौ । कतिपयले तातो पानीमा मह र कागती दुवै मिसाएर पनि सेवन गर्छन् ।
कागतीमा रहेको एसिडले पाचन प्रणालीलाई मजबुत पार्न मद्दत गर्छ र पेटमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।
मनतातो पानीभन्दा सर्वोत्तम हुन्छ तातो कागती पानी । यदि बिहान फ्रेस हुनुअघि तातो पानीमा कागतीको रस मिसाएर पिउनुहुन्छ भने तपाईँको पेट राम्ररी सफा हुन्छ ।
कब्जियत पनि हुँदैन । यदि तपाईँले बिहान खाली पेटमा कागती पानी पिउनुभयो भने बढ्दो मोटोपन पनि नियन्त्रण हुन्छ । तौल घट्छ ।
यसरी मनतातो पानीमा कागती पानी मिसाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
साथै यसको ठूलो फाइदा यो पनि हो कि, मुख र सासको गन्ध हट्छ । तपाई ताजगी महसुस गर्न सक्नुहुनेछ । यसमा रहेको भिटामिन सी ले तपाईँको स्वास्थ्यमा निकै लाभ हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया