चिया खाने बानी अधिकांशको हुन्छ । अझ बिहान उठेर चिया नखाएसम्म दिनको सुरुवात भएजस्तो लाग्दैन । वास्तवमै चिया पिउन कसलाई मन पर्दैन होला र ?
चिया धेरै मानिसका लागि नशा जस्तै बनेका हुन्छ र लत नै बस्छ । कतिपय मानिसहरू दिनभरिमा दसौँ कप चिया पिउने गरेको पनि पाइन्छ भने कतिपयले चिया पिउन नपाएकै कारण टाउको दुखेको या त फेरि फ्रेस नभएको गुनासो समेत गर्ने गरेका छन् ।
तर, दिनमा १–२ कप बाहेक बढी चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन् । र धेरै जनाले एक पटक बनाएको चिया दोस्रो पटक तताएर खाने पनि गर्छन्। जुन बिलकुल गलत बानी हो ।
चिया दोस्रो पटक तताएर पिउँदाका बेफाइदाहरू
–चिया बनाएको १५–२० मिनेटभित्रै खाइहाल्नुपर्छ । धेरै बेरसम्म चिया राखिरहँदा त्यसमा रहेको पोषक तत्त्व हराएर जान्छ । दोस्रो पटक तातो बनाएको चियामा हुने निकोटिनले स्वास्थ्यमा नकारात्मक असर गर्छ । साथै, यसले पाचन प्रक्रियालाई पनि बिगार्ने गर्छ ।
–एक पटक चिया बनाएर लामो समयसम्म यसलाई त्यतिकै छोड्दा यसमा ब्याक्टेरिया आउने गर्छन्। त्यसैले चिया बनाउँदै हुनुहुन्छ भने त्यसलाई तत्कालै पिउने गर्नुहोस् र बचेको छ भने सकभर त्यसको उपभोग नगर्नुस्।
–चिया पकाएर धेरै समय राख्दा यसको रङ पनि कडा हुने तथा यसमा रहेको पोषकतत्व नष्ट हुने बताइन्छ । पुनः तताएर पिउने बानीले चियामा हुने निकोटिनले स्वास्थ्यमा असर गर्ने बताइन्छ ।
–त्यस्तै पुनः तताएर पिउने गरेको चियाका कारण पाचन प्रक्रियामा समस्या हुने तथा बनाएर राखेको चियामा ब्याक्टेरिया पनि आउने हुनाले यस्तो चियाले स्वास्थ्यलाई असर गर्ने बताइन्छ ।
–एक पटक चिया बनाएर लामो समयसम्म यसलाई त्यतिकै छोड्दा यसमा ब्याक्टेरिया आउने गर्छन्। त्यसैले चिया बनाउँदै हुनुहुन्छ भने त्यसलाई तत्कालै पिउने गर्नुस् बचेको छ भने सकभर त्यसको उपभोग नगर्नुस्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया