गुलियो र गुलियो परीकार सबैलाई मन पर्छ । बालकदेखि वृद्धासम्म सबै जना गुलियो खान रुचाउँछन् । कहिलेकाहीँ थोरै मात्रामा गुलियो खानुले त्यति फरक पर्दैन ।
तर कसै–कसैमा भने गुलियोको लत नै लाग्ने गर्छ । अत्यधिक मात्रामा गुलियो खाँदा त्यसबाट शरीरमा विभिन्न प्रकारको हानि पुग्छ । धेरै गुलियोको सेवन गर्दा मोटोपन,उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह र मुटुसम्बन्धी रोगहरू निम्तिने चिकित्सकहरू बताउँछन् ।
शरीरमा अत्यधिक सुगर हुँदा क्यान्सर हुने सम्भावना धेरै रहन्छ । यदि गुलियो खानेकुरा खाएपछि निरन्तर थकान महसुस गर्नुहुन्छ भने शरीरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ ।
निरन्तर अत्यधिक गुलियो सेवन गर्नुको अर्को हानी भनेको सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्नु हो । किनभने जति बढी चिनी खाइन्छ, त्यति अझै खाने चाहना बढ्छ ।
निरन्तर गुलियो परिकार खाँदा शरीर र दिमाग लट्ठ हुन्छ । गुलियोले छालामा गम्भीर असर गर्छ । बढी गुलियो खाँदा छाला समेत सुख्खा हुन्छ । बढी गुलियो खानेकुरा खाँदा मुड निराश र चिन्तित हुने विज्ञहरू बताउँछन्।
चीनीका कारण मानिसलाई ‘सुगर ब्लु’ अर्थात् गुलियोका कारण हुने निराशाको सिन्ड्रोम देखिने गरेको विज्ञहरू बताउँछन्।
गुलियोले मानिसलाई बढी आक्रामक र आवेगात्मक बनाउँछ । डिप्रेसन र चिन्ताको अतिरिक्त गुलियोले आँखाको ज्योतिमा समेत असर पर्छ । गुलियो खाएपछि धेरैलाई खोकी लाग्ने र रुघाले सताउने गर्छ ।
गुलियो खाँदा केही दिनमा नै अस्वाभाविक तौल बढ्छ । सुगर र परिष्कृत कार्बोहाइड्रेटले शरीरको तौल ह्वात्तै बढाउँछ। तौल घटाउन न्यून फ्याटयुक्त डाइट खानु भएको छ तर गुलियो र अन्य कार्बोहाइड्रेट खान रोक्नु भएको छैन भने तौल घट्दैन, बरु बढ्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया