मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाक फ्याक्चर भएपछि एम्बाप्पेले मास्क लगाएर खेल्ने

काठमाडौँ – जारी युरोकपमा अस्ट्रियाविरुद्धको खेलमा नाक फ्याक्चर भएपछि किलीयन एम्बाप्पेले मास्क लगाएर खेल्ने भएका छन् ।

फ्रान्सले १-० गोलले जितेको खेलमा एम्बाप्पेको नाकमा चोट लागेको थियो । खेलपछि उनको नाक फ्याक्चर भएको पाइएपछि अब उनले बाँकी खेल मास्क लगाएर खेल्ने भएका छन् ।

फ्रेन्च फुटबल फेडेरेसनले तत्काल एम्बाप्पेको नाकको कुनै सर्जरी नहुने स्पष्ट गर्दै उनका लागि मास्क बनाइने बताएको छ ।

फेडेरेसनले अहिले उनको नाकको उपचार जारी रहेको र उनी मास्क लगाएर खेल्ने जानकारी दिएको छ । फ्रान्सले जारी युरोकपमा विजयी शुरुवात गरेको छ । 

यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोस्टमा हानेपछि गोल भएको थियो ।

समूह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?