मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चाउरीपना हटाउनेदेखि मुटुरोग नियन्त्रणसम्म, यी हुन भिण्डीका फाइदा 

काठमाडौँ – भिण्डी सबैले तरकारीका रूपमा सबैले प्रयोग गरेकै वस्तु हो । हरियो साग सब्जीका रूपमा भिण्डीको प्रयोग गर्ने गरिन्छ । नेपाल लगायत विश्वका अन्य देशहरूमा पनि मानिसद्वारा भिण्डीको परिकारलाई अत्यधिक मन पराइन्छ।

भिण्डीमा शरीरका लागि लाभदायक हुने विभिन्न खनिज तत्त्वहरू पाइने गर्दछ। यसमा पाइने गुणकारी तत्त्वहरूले शरीरको अनावश्यक तौल घटाउनदेखि लिएर मुहारमा चमक तथा चाउरीपना कम गर्न मद्दत गर्दछ।

भिण्डीमा पाइने पेक्टिनका कारण यसले शरीरको कोलेस्ट्रोललाई घटाउन मद्दत गर्दछ। भिण्डीमा प्रशस्त मात्रामा पाइने यूजेनोल मधुमेहका बिरामीका लागि फाइदाजनक हुने गर्दछ। यूजेनोलले शरीरमा सुगरको मात्रा नियन्त्रण गरी, मधुमेह हुने जोखिम कम गर्दछ।

साथै यसमा पाइने सोल्युबल फाइबरले रगतमा कोलेस्ट्ट्रोललाई नियन्त्रण गरि मुटु रोगको जोखिम कम गर्दछ। 

एनिमियाका बिरामीहरूका लागि पनि भिण्डी निकै प्रभावकारी सब्जी हो। भिण्डीमा पाइने आइरनले हेमोग्लोविनको निर्माण गर्न मदत पुर्‍याउँदछ र भिटामिन के ले रक्तस्राव रोक्ने कार्य गर्दछ।

भिण्डीमा भरपुर मात्रामा सोल्युबल फाइबर पाइन्छ जुन पाचन प्रणालीका लागि अत्यन्तै प्रभावकारी हुन्छ। यसले पेट फुल्ने, कब्जियत र ग्यास जस्तो समस्याहरु हुन दिँदैन। साथै हड्डी बलियो बनाउनका लागि पनि भिण्डी फाइदाजनक सब्जी हो।

भिण्डीमा भिटामिन सी सँगै एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइने हुँदा यसले प्रतिरक्षा प्रणालीलाई सुधार गर्नुका साथै विभिन्न सङ्क्रामक रोगहरूसँग लड्न मद्दत गर्दछ। यसको सेवनले चिसो लाग्ने समस्या पनि कम हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?