मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तोरीको तेल यति धेरै स्वास्थवर्द्धक, पाउनुहुन्छ अनगिन्ती लाभ 

हाम्रो गाउँघरमा तोरीको तेलको प्रचलन धेरै छ । तोरीको साग हाम्रो भान्सामा पाकिरहने तरकारी हो । र यस्तै तारीको तेल हामी भान्सामा तरकारी बनाउन प्रयोग गर्छौ । लगायत कपालमा लगाउन, ज्यान दुखेको बेला शरीरमा लगाउन तोरीको तेल लगाउने गरिन्छ । 

तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट र १२ प्रतिशत स्याचुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ । यी चिप्लो पदार्थ मुटुको धमनीका भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनिरल पाइदैंन । 

तरकारीको महत्त्वपूर्ण स्रोत भएकाले यसमा अल्फा लिनोलेनिक एसिड तथा ओमेगा फ्याटी एसिड हुन्छन् । एक चम्चा तोरीको तेलमा ०।८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक टेबल चम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । 

जसमा १४ ग्राम फ्याट हुन्छ । जसमध्ये ८.३ ग्राम मोनोस्याचुरेटेड फ्याट पाइन्छ, जुन ओलिभ आयल, अंगुरको बियाँ र बदामको तेलजस्तै हुन्छ । 

तोरीको तेलको फाइदाहरू

अनुसन्धानहरूबाट तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्त्व पाइएको छ । यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ । साउथ डकोटा युनिभर्सिटीको टोलीले गरेको अनुसन्धानले पनि यही कुरालाई प्रमाणित गरेको छ ।

उनीहरूले कोलोन क्यान्सर लागेको मुसामा तोरी, मकै र माछाको तेल प्रयोग गरेका थिए । तीमध्ये तोरीको तेलले बढी काम गरेको पाइएको थियो । 

तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ । यसका साथै ओमेगा थ्रि र ओमेगा सिक्स फ्याटी एसिड पनि पाइन्छ । यी फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुर्‍याउँछन् । 

तोरीको तेल हाइपोकोलेस्टेरोलेमिक कोलेस्ट्रोल घटाउने र हाइपोलिपिडेमिक लिपिड घटाउने तत्त्व पाइन्छ । यसले खराब कोलेस्ट्रोल घटाएर असल कोलेस्ट्रोल बढाउँछ । यसबाट मुटु रोगको खतरा कम हुन्छ ।

तोरीको तेलले मसाज गर्ने हो भने शरीरमा रक्तसञ्चारलाई बढाई ताजा महसुस गराउँछ र अंगहरुको कार्यक्षमता पनि बढ्छ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्ने चलन धेरै देशमा छ । यसले शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो बनाउने र ताप दिने कुरा अध्ययनबाट पनि प्रमाणित भएका छन् । 

तोरीको तेललाई प्राकृतिक शक्तिवर्द्धकका रूपमा लिइन्छ । तोरीको तेलले छालामा मसाज गर्दा रक्तसञ्चार प्रणाली र पसिना ग्रन्थिमा सुधार ल्याउँछ । यसका साथै यसले पाचन प्रणालीमा सुधार ल्याउँछ ।

तोरीको तेल लामो समयदेखि चिसो हटाउने प्राकृतिक पदार्थका रूपमा प्रयोग हुँदै आएको छ । यसमा तातो बनाउने तत्त्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्छ । 

रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने हो भने रुघा निको हुन्छ र घाँटी सफा पार्छ । तोरीको तेलले नियमित मसाज गर्ने हो भने शरीरमा रक्तसञ्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाइलाई हटाउने तत्त्वका रूपमा काम गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?