अहिले देशमा गर्मी बढ्दो छ । गर्मीकै कारण मानिसहरू भटाभट बिरामी पर्ने र कतिपयको ज्यानै समेत गइसकेको समाचार हामीले सुनिरहेका छौ ।
चर्को घामको कारण दिनको मध्यान्नमा त घरबाट बाहिर निस्कनै नसक्ने अवस्था छ । देशका विभिन्न स्थानमा गर्मी बढिरहेको छ, त्यसैले सकेसम्म दिउँसो घरबाट बाहिर ननिस्कन विशेषज्ञले सल्लाह दिन्छन्
चर्को घामका कारण शरीरमा तापमानको सन्तुलन बिग्रेर लु लाग्ने खतरा पनि बढी हुन्छ । गर्मीका कारण धेरैजसो मानिसमा कडा टाउको दुख्नुबाहेक चक्कर लाग्ने, बान्ता हुने, पखाला लाग्ने, वाकवाकी लाग्ने, बेचैनी हुने, उच्च ज्वरो आउने र घबराहट हुने गर्छ ।
यसकारण गर्मीबाट हामी जोगिनुपर्छ ।
यसकारण यस्ता टिप्सहरू फलो गर्नुहोस् :
गर्मीमा दिनभरि ३–४ लिटर पानी पिउनुहोस् । तिर्खा नलागेको भए पनि हाम्रो शरीर प्रणालीलाई चिसो पार्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
यसले हामीलाई निर्जलीकरणबाट पनि बचाउँछ । नरिवलको पानी, मोही र कागती पानीजस्ता पेय पदार्थले गर्मीमा राम्रो गर्छ । तर क्याफिन र अल्कोहलयुक्त पेय पदार्थको सेवन भने कम गर्नुहोस्, किनकि यसले निर्जलीकरण हुन सक्छ ।
घाममा धेरै समय नबस्नुस् । सनस्क्रिन लगाउनुहोस् । र घाममा बाहिर निस्कँदा सन ग्लासको प्रयोग गर्नुस् । खुकुलो र सुती कपडा लगाउनुहोस्, जसले सजिलै पसिना सोस्ने र शरीरलाई चिसो राख्न सक्छ ।
टाइट वा पोलिस्टरका लुगा सकेसम्म नलगाउनुहोस् । सकेसम्म छायामा बस्नुस् र शरीरलाई चिसो राख्नुहोस् । हरियो तरकारीहरू समावेश गर्दै थोरै–थोरै नियमित रूपमा खाना खानुहोस् ।
जसले ‘हाइड्रेसन’मा मद्दत गर्दछ । गर्मीले वृद्ध र साना बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ । यसकारण उनीहरूको विशेष ख्याल राख्नुपर्दछ ।
प्रशोधित र तेलयुक्त खानेकुराको उपभोग नगर्नुस् । गर्मीको मौसममा प्रशोधित र तेलयुक्त खानेकुराको सेवन गरेमा यसले शरीरमा तातो बढाउनुका साथै लु को जोखिम पनि बढाउँछ ।
गर्मीमा स्वस्थ रहन काँचो प्याज,सौँफ,पुदिना,दही, कागती, तरबुजा, हरियो सागसब्जी, कागती आदि खाँदा हाइड्रेसन कायम रहन्छ र पचाउन पनि सजिलो हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया