मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ज्योतिषशास्त्र अनुसार कुन बार कुन कामको सुरुवात गर्ने ?

ज्योतिषशास्त्र अनुसार जन्मेको बार र राशिले नै व्यक्तिको भविष्य बारे बताउने गर्छन्। जो कसैले व्यापार व्यवसाय र नोकरी गर्नको लागि पनि आफू जन्मेको बारमा कुन दिन गर्दा राम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ । 

त्यसकारण आज हामी तपाईँलाई सात बार मध्ये कुन दिन के कामको शुरु गर्दा राम्रो हुन्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

आईतबारः आइतबारको दिन गीत ,वाद्य वादन, राजसेवा, गाई गोरु, किनबेच गर्ने, हवन गर्ने मन्त्र उपदेश लिने, औषधी निर्माण गर्ने, शास्त्र , सुन, तामा, उनी, वस्त्र जस्ता सामाग्रीको किनबेच गर्ने, रातो वस्तुको कारोबार गर्ने जस्ता कार्य गर्नु धेरै शुभ रहनेछ ।

सोमबार: सोमबारको दिनलाई भगवान् शिवको प्रिय दिनको रूपमा लिने गरिन्छ । सोमबारको दिन गाई, भैँसी, घोडा, फुल, घाँस, वृक्ष, मोती, चाँदी, आदिको किनबेच गर्नु महिलाहरूको सङ्गत गर्नु निकै राम्रो मानिन्छ ।

मंगलबारः मंगलबारको दिन भगवान् गणेशको पूजा आराधना गर्ने दिन । यो दिन गणेश भगवानका पूजाआजा गरे जस्तो सुकै कामको सुरुवात गरे पनि सफलता प्राप्त गर्न सकिन्छ ।

बुधबारः यो दिनलाई पुण्य आर्जन गर्ने दिनको रूपमा लिइन्छ । बुधबारको दिन वस्तु कला, चित्रकला र अध्ययनमा सोचेभन्दा धेरै सफलता मिल्नेछ ।

बिहिबारः यो दिन धार्मिक कार्य गर्नु राम्रो मानिन्छ । यो दिन मन्दिर निर्माण, मन्त्र जप, नवग्रह पूजा गर्दा तपाईँको कार्य निर्धारित समयमा नै सम्पन्न हुन्छ ।

शुक्रबारः यस दिन गायण, मणी, रत्न, हिरा, सुगन्ध, वस्त्र, उत्साह, अलङ्कार, वाणिज्य, व्यापार, गाई वस्तु किनबेच गर्नु, द्रव्य भण्डारण गर्नु धन सञ्चय गर्नु, कृषि कार्य सुरुवात गर्नु शुभ मानिन्छ ।

शनिबारः शनिबार कुनै पनि नयाँ कार्य सुरु गर्दा शनि देवको ठूलो प्रभाव पर्ने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ । झुटो बोल्नु , ठगी गर्नु , कपट गर्नु , गृह प्रवेश, स्थिर कार्य , नोकरी गर्नु , कलकारखानाको उद्घाटन, फलाम आदिको कार्य गर्नु निकै शुभ मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?