मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अग्लो हिल लगाएर हिँड्दा स्वास्थ्यमा पर्छ गम्भीर असर 

अग्लो हिल लगाएर हिँड्दा आकर्षक देखिन्छ । कन्फीडेन्ट बढ्छ । यसकारण महिलाहरू हिल लगाउन रुचाउँछन् । गाउँघरमा बस्ने भन्दा सहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरूले बढी मात्रामा हिल जुत्ताको प्रयोग गर्ने गरेको पाइन्छ ।

अहिले  हाइ हिल लगाउने फेसन जस्तै बनिसकेको छ । पछिल्लो समय सानै उमेरदेखि नै छोरी मान्छेहरूले हिल लगाउने शौख राख्छन् । हो हिल जुत्ता लगाउनाले अग्लो र आकर्षक देखिन्छ तर यसका नकारात्मक असरहरु पनि छन् । 

कुरकुरच्चा उठेको र औला सिधै अगाडी आएको हिल स्वास्थ्यका हिसाबले बढी असरदार मानिन्छ । लामो समय देखि हिल जुत्ताको प्रयोग गर्नाले तत्काल देखिने असर,केही समय पछि देखिने असर र दीर्घकालीन असरहरू पर्न सक्छन् । 

हिल जुत्ता नलगाउँदा शरीरको तौल एकनासले सबै तिर बराबर हुन्छ भने हिल जुत्ता लगाउँदा तौल कतै बढी कतै कम पर्न जान्छ । हाइ हिल लगाउँदा स्वास्थ्यमा  तत्काल देखिने असरमा हिल भाँचिएर वा कतै अल्झेर खुट्टा भाँचिने, मर्किने, जस्ता समस्याहरू आउन सक्छन् ।

प्राकृतिक रूपमा बनेको शारीरिक बनावटलाई हिल जुत्ता बिर्गान सक्छ । ढाडको मांसपेशी दुख्ने , पिँडौलाको मासु दुख्ने र खुट्टाको मांसपेशी पनि दुख्ने हुन्छ जसले गर्दा केही महिलाहरूमा हिल जुत्ताको प्रयोग गर्दा ढाड, पिँडौला, खुट्टाहरू दुख्ने समस्याहरू आउन सक्छन् ।

हिँडाइमा पनि परिवर्तन ल्याउन सक्छ । हिल जुत्ताको प्रयोग गर्न छोडेपछि यस्ता समस्याहरू आफै ठिक हुँदै जान्छन् । 

लामो समय देखि हिल जुत्ताको प्रयोग गरेर आउने समस्याले नै दीर्घकालीन असर गर्छ । जसमा निरन्तर रूपमा नै हिल जुत्ताको प्रयोग गर्ने व्यक्तिहरू पर्दछन् । जसले नियमित रूपमा महिनौँ  हिल जुत्ताको प्रयोग गर्छन् त्यस्तो व्यक्तिको खुट्टा, घुँडा, ढाड र हिप जोइन्टहरु स्थायी रूपमा नै खराब गर्न सक्छन् ।

ब्लक हिलले भन्दा पोइन्टेट हिलले खुट्टामा बढी समस्या आउने गर्छ । औलाहरू बाङ्गिँदै जाने बुढिऔला पनि अरू औला तिर बाङ्गिँदै जाने समस्या हुन्छ । त्यस्तै बुढी औलाको छाला नै बाक्लो हुँदै जाँदा छोए पनि थाहा नपाउने अवस्थामा पुग्छ । खुट्टाको जोर्नीहरूमा पनि हड्डी खिइँदै जाने समस्या आउँछ ।

यसकारण महिला दिदिबहिनीहरुले हिल लगाउन भन्दा फ्लाट चप्पल अथवा हिल नभएका चप्पलहरू लगाउँदा स्वास्थ्यको लागी फाइदाजनक हुने चिकित्सकहरू बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?