मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुख्खा छालालाई घरेलु तरिकाबाट गर्न सकिन्छ यसरी स्याहार

काठमाडौँ– हाम्रो शरीरको आकर्षक हिस्सा भनेको नै अनुहार हो । तर यही अनुहारमा केही नराम्रो भयो भने सबै लुक नै खराब हुन्छ । हाम्रो अनुहार ड्राई, चिल्लो र नर्मल हुने गर्दछ । ड्राइ छालालाई हेरचाह गर्न धेरै नै आवश्यक पर्छ । ड्राइ छालामा बाहिरी मौसम जस्तै धुलो, प्रदुषण, धेरै गर्मीले धेरै असर पार्ने गर्छ ।

ड्राई छाला अरुको तुलनामा संवेदनशील हुन्छ । यही कारणले पनि ड्राइ स्कीनको समस्या समाधानको लागि विभिन्न घरेलु उपायहरुको प्रयोग गर्न सक्छौँ । आउनुहोस् हामी तपाईलाई छालाको हेरचाह कसरी गर्ने भन्नेबारे जानकारी दिन्छौँ ।

टमाटर, पुदिना र मुल्तानी मिट्टीको फेस प्याक
एउटा टमाटरमा एक चम्चा मुल्तानी मिट्टी, एक चम्चा पुदिनाको पेस्ट र आवश्यकता अनुसार गुलाब जल मिलाएर पेस्ट तयार गर्न सकिन्छ । यसरी बनाएको पेस्टलाई अनुहार र गर्धनमा राम्रोसँग लगाउनुहोला । २५ मिनेटपछि साधारण पानीले पखाल्नुहोला ।

आलु, बेसन र कागतीको फेस प्याक
एउटा सानो काँचो आलुमा आधा कागतीलाई निचारेर एक चम्चा बसेर र गुलाब जल राखेर राम्रोसँग मिसाउनुहोस् । प्याकलाई राम्रोसँग अनुहारमा राम्रोसँग लगाउनुहोस् । आधा घण्टापछि नर्मल पानीले धुनुपर्छ ।

बेसार, चन्दन र क्रीमको फेस प्याक
एक चम्चा फ्रेस क्रिममा आधा चम्चा चन्दन पाउडर र आधा चम्चा बेसारको पाउडर राखेर राम्रोसँग मिसाएपछि अनुहारमा लगाउनुहोस् । २५ देखि ३५ मिनेट पछि मन तातो पानीले मुख धुनुपर्छ ।

टमाटर र दहीको फेस प्याक
एउटा सानो टमाटरको प्युरीमा एक चम्चा दही र जैतुनको तेल राखेर राम्रोसँग मिक्स गर्नुहोला । यसलाई ब्रसको सहयोगले अनुहार र गर्धनमा लगाउनुपर्छ । आधा घन्टापछि मनतातो पानीले धुनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?