तनहुँ – तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् ।
आँबुखैरेनी गाउँपालिका-६ हिले खर्कका ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका हुन्।
बिरामी हुनेमा गुरुङसहित ५७ वर्षीय मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपती गुरुङ र ५८ वर्षीय पम्फी गुरुङ रहेका छन्।
उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया