मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुनः सम्पर्कमा आयो ‘भोयजर’ यान, पृथ्वीमा पठायो नयाँ डेटा

काठमाडौँ – पृथ्वीबाट २४ अर्ब किलोमिटर टाढा रहेको  ‘भोयजर–१’ यान पुन: सम्पर्कमा आएको छ । 

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाका अनुसार  यस अन्तरिक्षयानमा भएका चार ओटै यन्त्रले सङ्कलन गरेका डेटा पृथ्वीमा पठाएका छन् । अहिले वैज्ञानिकले यानमा भएको समस्या पहिचान गरेर समाधान गरिसकेका छन् ।

४६ वर्ष पुरानो यो यानलाई शुरुमा वृहस्पति र शनि ग्रहको अध्ययन गर्न सन् १९७७ मा प्रक्षेपण गरिएको थियो । तर सङ्कलन गरिएका डेटा पृथ्वीमा पठाउन प्रयोग हुने यानको फ्लाइट डेटा सबसिस्टम (एफडीएस)मा समस्या भएको थियो । 

सो कुराको समाधान गर्न वैज्ञानिकहरूले नयाँ कोड यानमा पठाएका थिए । मर्मत भएपछि यान पहिलो पटक गत अप्रिलमा पुनः सम्पर्कमा आएको थियो ।

सो मिसन औपचारिक रुपमा १९८० मा नै पूरा भएपनि यान अझैसम्म सक्रिय रहेको छ । यसपछि अरुण र वरुण ग्रहको समेत अध्ययन गर्न भोयजर–२ पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?