काठमाडौँ – आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रन सामान्य लक्ष्य दिएको छ ।
नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो ।
बंगलादेशलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुईदुई विकेट हात पारे । बंगलादेशका दुई ब्याट्सम्यान रनआउट भए ।
बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुदुल्लाहले १३ रन बनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया