काठमाडौँ – बंगलादेशविरुद्ध नेपालले सातौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।
टी–२० अन्तर्राष्ट्रियमा उनको यो ९९ औँ विकेट थियो । तान्जिम हसन साकिब ३ रन बनाएर आउट भए । यसअघि ११ औं ओभरको चौथो बलमा कप्तान रोहितकुमार पौडेलले नेपालका लागि छैटौ विकेट लिएका थिए ।
उनले बंगलादेशका शकिब अल हसनलाई १७ रनमा एलबीडब्लु आउट गरेका हुन्। व्यक्तिगत यो उनको दोस्रो विकेट हो।
त्यस्तै सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया