काठमाडौँ – मुम्बई प्रहरीले बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्कीको मुद्दामा एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ ।
सलमान खानविरुद्ध मुम्बई साउथ साइबर पुलिस स्टेशनमा उनको मृत्युको षड्यन्त्र गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ। केही दिनअघि लरेन्स बिश्नोई गिरोहका एक व्यक्तिले सामाजिक सञ्जाल युट्युबमा भिडियो अपलोड गरेका थिए । कथित भिडियोमा सलमान खानलाई मार्ने कुरा भएको आरोप लागेको छ ।
साइबर पुलिसले सलमान खानलाई मार्ने धम्की दिएको मामिलामा आईटी ऐन ६६ (डी) र ५०६ (२), ५०४, ३४ आईपीसी अन्तर्गत एफआईआर दर्ता गरेको हाे । घटनाको अनुसन्धान गर्न क्राइम ब्रान्चको टोली राजस्थान गएको थियो । यस घटनामा प्रहरीले राजस्थानका बनवारीलाल गुर्जर (२५) नामका एक व्यक्तिलाई पक्राउ गरेको छ । उनलाई दिउँसो मुम्बई लगिएकाे छ ।
अप्रिल १४, २०२४ मा पनि सलमान खानमाथि घातक हमला गर्ने प्रयास गरिएको थियो। अभिनेताको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएर दुई बाइकर भागेका थिए । प्रहरीले गोली चलाउने दुवैलाई भोलिपल्टै गुजरातबाट पक्राउ गरेको थियो । पछि प्रहरीले यस मुद्दामा अर्का अभियुक्त अनुज थापानलाई पनि पक्राउ गरे पनि केही दिनपछि उनले जेलमै आत्महत्या गरे । प्रहरीले यस विषयमा अझै अनुसन्धान गरिरहेको छ ।
वर्कफ्रन्टको कुरा गर्दा सलमान खान पछिल्लो पटक फिल्म टाइगर ३ मा देखिएका थिए । उनको यो फिल्म गत वर्ष दीपावलीको अवसरमा रिलिज भएको थियो । अहिले अभिनेता आफ्नो आगामी फिल्म सिकन्दरको सुटिङमा व्यस्त छन् । एक आर. मुर्गादोसको निर्देशनमा बन्न लागेको यो फिल्ममा रश्मिका मन्डन्ना र करीना कपूर खान पनि देखिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया