सुर्खेत – सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।
असार १ गते शनिबार नुहाउने क्रममा भुपेन्द्र के.सी र विनोद के।सी। भेरी नदीमा बेपत्ता भएका थिए ।
आईतबार सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जना गोताखोरले दुवै शव ३० फिट गहिराईबाट निकालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया