मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

५१ दिन मनाउन सफल ‘बोक्सीको घर’, निर्देशक किन रिसाए ?

काठमाडौँ – केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ले  ५१ औँ दिन मनाएको छ । न्युरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा फिल्मले प्रदर्शनको उक्त उपलब्धि हासिल गरेको हो ।

अन्य मुख्य मल्टिप्लेक्सबाट फिल्म हट्दा रञ्जना हलमा भने यसले निरन्तरता पाइरहेको छ । 

बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘बोक्सीको घर’ २०८१ सालमा प्रदर्शनमा आएका फिल्ममध्ये सर्वाधिक कमाउने घरेलु फिल्म समेत बनेको छ । यसको कमाइ १० करोडभन्दा माथि छ । 

अभिनेत्री समेत रहेकी केकीको होम प्रोडक्सनबाट बनेको यो पहिलो फिल्म समेत हो । सुलक्षण भारती निर्देशित यो फिल्म विदेशमा समेत चलिरहेको छ । केकी आफैँ फिल्म लिएर विदेश दौडाहामा छिन् ।

तर यसका निर्देशक भारती भने यो अवसरमा आफूलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका छन् ।

५१ दिनको सन्दर्भमा फेसबुकमा स्ट्याटस पोस्ट गर्दै निर्मात्री समेत रहेकी केकी अधिकारीतर्फ लक्षित असन्तुष्टि पोखेका उनले प्रचारप्रसारमा आफूलाई बेवास्ता गरिएकोमा गुनासो रहेको सङ्केत गरेका छन् ।

पोस्टमा जसले जे काम गरेको छ, त्यसको उचित मूल्याङ्कन हुन जरुरी छ वा छैन ? लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रूपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र ? के लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र ? भन्दै उनले प्रश्न गरेका छन् ।

साथै बौद्धिक चोरी भनेको के हो ? बोक्सीको घर आखिरमा कसले बनाएको चलचित्र हो ? भन्दै प्रश्न गरेका उनले स्ट्याटसको अन्त्यमा ‘ढोंगीपन’ भनेर टिप्पणी गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?