काठमाडौँ– आजदेखि ‘चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी– २०८१’ सुरु हुदैछ । गंगा दशहरा पर्वको अवसर पार्दै गोष्ठि आज र भोली बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ मा हुन लागेको हो ।
कार्यक्रमका संयोजक हेमबाबु लेखकका अनुसार सम्मेलनमा नेपालसहित भारत र भुटानका गरि १ सयभन्दा बढी साहित्यकारको उपस्थिति रहने छ ।
‘उनले ऐतिहासिक अन्तर्राष्ट्रिय काव्य गोष्ठीले बहुसाहित्यिक, बहुभाषिक, बहुसांस्कृतिकलगायत परस्पर अन्तरसम्बन्धका बहुआयामलाई जोड्न कोशेढुंगा सावित हुने दावी गरे । यस्तै, उनले प्राज्ञिक एवम् साहित्यानुरागीलाई सहभागिताका लागिसमेत अनुरोध गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया