मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतबाट दुई बालकको नेपाली बालकको उद्धार

काठमाडौँ –नेपाल–भारत सीमा नजिकबाट हराएका दुई बालकको उद्धार गरी नेपाल ल्याइएको छ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका(४ का दुई बालक जेठ ७ गते स्कुलबाट घर नफर्किएपछि खोजी थालिएको थियो। सहयात्री नेपाल संस्थाले विभिन्न निकायसँग समन्वय गरी बालकहरूलाई शुक्रबार नेपाल ल्याएर परिवारको जिम्मा लगाएको हो।

उनीहरूलाई भारतको राजकीय बाल गृह, शाहजहांपुरले आश्रय दिएर राखेको थियो। उक्त सूचना पाएपछि भारत पुगेर बालकलाई फर्काइएको सहयात्री नेपालका अध्यक्ष ऋतिक शाहीले बताए। 

भारतस्थित नेपाली दूतावासको कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो, दोधारा चाँदनी नगरपालिका र वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारासँगको समन्वयमा उनीहरूको उद्धार गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?