मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइसक्रिम खाने बित्तिकै खानु हुँदैन यी चिज

काठमाडौँ – गर्मीमा आइसक्रिमको शीतलता र स्वाद मन नपर्ने कमै हुन्छन् । बजारमा विभिन्न फ्लेवरका आइसक्रिम पाइन्छन् । तर आइसक्रिम खाने बित्तिकै खान नहुने केही चिज छन् । त्यसबारे तपाईँलाई थाहा छ ?

आइसक्रिम खाने बित्तिकै चिया, सुप आदि गर्मी गराउने चिज खानु हुन्न । यसो गर्दा घाँटी दुख्ने, पेट दुख्ने, घाटी खसखसाउने जस्ता समस्याहरू आउन सक्छन् । आइसक्रिम खाने बित्तिकै अमला लगायत अमिलो फल पनि खानु हुँदैन ।

आइसक्रिम खाने बित्तिकै खान नहुने अर्को खाद्य वस्तु मसालेदार खानेकुरा पनि हो । यसका कारण पेट पोल्ने, अपच, पातलो दिसा लाग्ने जस्ता समस्या निम्तिन सक्छन् ।

आइसक्रिम खानासाथ रक्सी पनि पिउनु हुन्न । रक्सी पिउँदा आइसक्रिममा भएको दूधको पाचन प्रक्रिया सुस्त हुन्छ । जसका कारण पेटमा गडबडी हुन्छ । बान्ता आउने, पातलो दिसा लाग्ने समस्याहरू पनि आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?